हिंसामुक्त उर्लावारी बनाउँछु

  प्रकाशित मिति
३१ जेष्ठ २०७४, बुधबार १६:४०


?????????????

मोरडको दोश्रो ठूलो शहर रहेको उर्लावारी नगरपालिका वाट नेकपा एमालेकी उपमेयरकी उमेदवार लक्ष्मी भण्डारीले उर्लावारीलाई हिंसामुक्त वनाउने प्रतिवद्धता जनाएकी छिन् । भण्डारी राजनीति सँगसँगै सामाजिक सेवा र महिला अधिकारका क्षेत्रमा समेत उत्तिकै सकृय अभियन्ता हुन् । भण्डारीले उपमेयरको टिकट पाएपछि राष्टपतिकी देवरानी उपमेयरकी उमेवार भनेर निक्कै चर्चा पनि भयो । तर उपमेयरकी उम्मेद्वार भण्डारी प्रष्ट पाछिन् “मैले राष्टपतिकी देवरानी भएकै कारण टिकट पाएको भने होइन, मेरो क्षमता र योग्यताले टिकट पाएको हुँ ।’ मैले टिकट पाएपछि मात्र विद्या दिदीले म उठदै छु भन्ने थाह पाउनुभयो होला उनले भनिन् ।  मैले टिकट दिलाइदिन भनेर कुनै पनि नेतालाई एक पटक पनि फोन गरिन ।

को हुन लक्ष्मी भण्डारी
लक्ष्मी भण्डारी नेकपा एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारीकी भाइवुहारी हुन् । भण्डारीका साइला भाई मोहन भण्डारीकी श्रीमति लक्ष्मी भण्डारी २०४७ सालदेखि एमालेको संगठित सदस्यका साथ पार्टीमा सकृय छिन् । हाल उनी नेकपा एमाले जिल्ला कमिटि मोरगको सदस्य छिन् । उनले उर्लावारीमा वडा सचिव भएर वडा तहमा नेतृत्व गरेकी छिन् ।

त्यसपछि गाँउ कमिटि सदस्य, इलाका र क्षेत्रीय सदस्य भएर पार्टीको संगठन सुदृढीकरणमा लामो समय योगदान पुर्याएकी हुन् । पार्टीका विभिन्न पदमा रहेर त उनको योगदान छ नै । आफनो ब्यक्तिगत स्वार्थलाई थाँती राखेर लक्ष्मी भण्डारी सामाजिक काममा रातोदिन खटेको उर्लावारीवासीले प्रशस्तै देखेका छन । खासगरि उनी महिला अधिकार र महिला हिंसाका विरुद्ध लामो समय देखि सकृय अभियन्ता हुन् । सामुदायिक मेलमिलाप समिति मोरङको उपाध्यक्ष भएर कामगर्दा उनले दर्जनाँै महिलालाई न्याय दिलाउन सहयोग गरेकी छिन् ।

हिंसा पीडित महिलाको पक्षमा उनले दर्जनौ मुद्दाहरु हेरेकी छिन् । उनको कार्यको उच्च मूल्याङ्कन गर्दै तीन वर्षअघि मोरङ जिल्लामा धेरैलाई मेलमिलाप गराउने अभियन्ताका रुपमा उनी जिल्ला अदालत मोरङका न्यायाधिशबाट सम्मानि भइसकेकी छिन् ।

भण्डारीका योजना
एमाले उर्लावारी उपमेयरकी उम्मेद्वार भण्डारी उर्लावारीलाई हिंसामुक्त नगर वनाउने अभियानलाई प्राथमिकताका साथ अघि वढाएर उर्लावारीलाई नमूना नगर वनाउने सोचमा छिन् । उपमेयर पदको टिकट पाएकी भण्डारी मतदाता कहाँ हिंसामुक्त,बालश्रम मुक्त उर्लाबारीको नारा लिएर चुनावी मैदानमा छिन् । महिला लगायत लक्षित वर्गका लागि भनेर आउने वजेटको सही सदुपयोगका लागि कुनै कसर वाँकी नराख्ने भण्डारीले बताइन् ।

नगर क्षेत्रका साँघुरा सडक फराकिलो बनाउने, व्यवस्थित ढल निकासको निर्माण उनका विकास सम्बन्धका एजेण्डाहरु हुन् । नदीमा तटबन्ध निर्माण गरी वर्षेनी हुने वाढीको पीडावाट मुक्त गर्न पहल गर्ने उनको प्रतिवद्धता छ । एक वडा एक वृद्ध चौतारी,एक चिल्ड्रेन पार्कको निर्माणलाई उनले प्राथमिकतामा राखेकी छिन् ।
सडक बालबालिकालाई पुनस्थापित गराउन पनि आफू उपमेयर भए पछिको योजना रहेको भण्डारीले सुनाइन् । आफू उर्लावारीको समस्यासँग मज्जैले परिचित भएकाले बताउँदै उनले भनिन् –‘ उर्लाबारीको समस्यासँग सधैँ पैठेजोरी खेलिरहनेछु ।’ समस्यामै अवसर सृजना गरेर अघि वढने भण्डारीको योजना छ । ’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: