हिंसा नसहने भन्दै काँकरभिट्टामा निस्कियो र्याली

  प्रकाशित मिति
२५ मंसिर २०७७, बिहीबार २२:०९


काँकरभिट्टा, २५ मंसिर । लैङ्गिक हिंसाविरुद्धको सोह्र दिने अभियानको समापनका अवसरमा हिंसा सहन नहुने सन्देशसहित आज काँकरभिट्टामा विभिन्न संघ संस्थाको सहभागितामा सचेतनता र्याली सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको र्याली इप्रकाबाट सुरु भएर काँकरभिट्टा परिक्रममा गरी जनता चोकमा पुगेर समापन भएको थियो ।

महिला हिंसा अन्त्य गरिनु पर्ने सन्देशसहितको प्लेकार्ड र ब्यानर बोकेर साना हात नेपाललगायतका दर्जनौं संघ संस्थाका प्रतिनिधि र्यालीमा सहभागी थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, रोटरी क्लव, महिला जनचेतना, स्काउट, आफन्त नेपाललगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

समापन अवसरमा मेचीनगर वडा नं. ६ का अध्यक्ष ललित तामाङले मन्तब्य ब्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: