हिंसा पीडित महिलाको लागि सुरक्षागृह

  प्रकाशित मिति
१६ फाल्गुन २०७५, बिहीबार १३:५२


दमक । झापाको दमकमा हिंसा पीडित महिलाका लागि सुरक्षागृह सञ्चालनमा ल्याएको छ ।

दमक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय संस्था ९युएनएचसीआर० र ग्रामीण तथा शहरी विकास नेपाल ९रुढ० को सहकार्यमा दमक–३ मा उक्त सुरक्षागृह सञ्चालनमा ल्याएको हो । लैङ्गिक विभेदमा आधारित हिंसा पीडित, प्रभावित महिला तथा बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यले सुरक्षा केन्द्र (सेफ हाउस) सञ्चालनमा ल्याइएको रुढकी अध्यक्ष वसन्तीलक्ष्मी उदासले बताए ।

उनले केही आधारभूत आवश्यकतासमेत नपाएका महिलालाई परिवारमा पुनःस्थापना नहुञ्जेलसम्म संरक्षण गर्नका लागि सो सुरक्षागृह सञ्चालनमा ल्याइएको बताए । त्यसका लागि हाल व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको र त्यस्ता प्रभावितलाई इलाका प्रशासन कार्यालय, न्यायिक समितिको सिफारिसका आधारमा आवासीय रुपमा राखेर सहयोग प्रदान गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: