हिजोआजका मियो ः डिल्लीराम निर्भीक

  प्रकाशित मिति
२८ श्रावण २०७३, शुक्रबार २२:४७


diliiramम पत्रकार होइन, तर म यस क्षेत्रप्रति जिज्ञासा राख्दछु । विशेषतः झापाली भएकाले मलाई मेची अञ्चलकै सिङ्गो पत्रकारिताप्रति सदैव खोजी र चासो भइरहन्छ । गएको असार १९ गते विहान आफ्नो कार्यकक्ष ओमसाई पाथीभरा हस्पिटलको टेवलमा कम्प्युटर खोल्दै थिएँ । एकजना सहकर्मी साथीले भन्यो–अरे यी दारीवाल पत्रकार त गए छन् । को रे मैले सोधेँ ? निर्भीक भन्ने पत्रकार क्या क्याम्पस मोडको, उसले मोवाइलको स्व्रmीनमा फेसवुकबाट देखाउँदै भन्यो । म टक्क रोकिए र भने निर्भीक रे, अरे होइन होला । त्यतिन्जेल मेरो कम्प्युटर खुलिसकेको थियो । हत्तपत्त फेसवुक खोलेँ । दाइ पङ्कज नेम्वाङले समवेदना लेखिसक्नु भएको रहेछ ।

मलाइ ठ्याक्कै त थाहा छैन तर करिव २०४५ सालदेखि हुनुपर्छ मैले उहाँलाई चिनेको डिल्लीराम निर्भीक हिजो आज दैनिकको सम्पादक भनेर । सेतै कपाल, छुस्स दारी पालेको अनि हमेसा हातमा एउटा डायरी बोकेर हिँड्ने बानी उहाँको थियो । जहाँसम्म मलाई थाहा छ, उहाँ बजाज कम्पनीको स्कुटीमा पहिला र पछि हिरो होण्डा स्टिट स्कुटी चढ्नु हुन्थ्यो । त्यसमा अझ सानो र चिटिक्क परेको लेडिज हेल्मेट । तर, उहाँले ठुलो मोटरसाइकल कुदाएको मैले देखिनँ ।

म कक्षा ५ मा पढ्दा मेरो छिमेकी घरमा विभिन्न दैनिक पत्रिका आउँथ्यो । हामी यसो हेथ्र्याँै । दैनिक हिजो आज नामक पत्रिका हुन्थ्यो, त्यो अक्सर बेलुकीपख आउँथ्यो । हामी हेथ्र्याँै अनि मलाई हिजो आज दैनिक पत्रिका हो भनेर त्यो बेलाबाट थाहा भएको हो, त्यसमा हामीलाई समाचार भन्दा पनि पत्रिकाको देव्रेपट्टि सानो बक्सभित्र लेखिएको गाइँगुइँमा पुग्थ्यो । मलाई गाँइगुँइमा के लेखिएकोहो त्यसको अर्थ त्यो समयमा नवुझे पनि पढ्न भने आनन्द आउँथ्यो । डिल्लीराम निर्भीकलाई देख्नासाथ म गाँइगुँइ सम्झिहाल्थँे । पछि ममा कक्षा आठदेखि १० कक्षासम्म अध्ययन गर्दै जादा पत्रकारिता र पत्रपत्रिकाहरुमा चासो बढ्दै जान थाल्यो । स्कुल जाने क्रममा चन्द्रगढीको घुम्ती पसलमा वेच्न राखिएका पत्र पत्रिकाहरु प्रति मेरो रुची हुन्थयो । त्यो वेला अक्सर म स्कुल विदा भए पछि तत्कालिन समयमा निस्कने नकुल काजीको झापा एक्सप्रेस,भरत भुर्तेलको आलोक साप्ताहीक, चुडामणी रेग्मीको युज्ञज्ञान साप्ताहीक ,तारा वरालको साप्ताहीक विचार,माधव विदोहीको स्वाधीन सम्वाद र डिल्ली राम निर्भिकको दैनिक हिजो आज नियामित पढथे । म पत्रिकाका समाचारमा भन्दा पनि तयो पत्रिकाको सम्पादक को रहेछ भनेर पिहला तयो लेखिएको स्थान खोज्थे, रहरले हो की किन हो मान्छे चिने पनि नचिने पनि त्यो नाम चाही दिमागमा कपीनै गर्थे र पछि कतै त्यो नाम सुन्दा ए अस्ती नाम देखेको पत्रकार त यो पो रहेछ भन्ने हुन्थयो । अहिले पनि नँया पत्रिका देख्नासाथ पहिला सम्पादक र प्रकाशक का् रहेछ भन्ने जिज्ञासा पहिलो प्राथमिकतमा पर्छ ।

पछि गएर झापावाट पत्रिकाहरु वन्द हुन थाले किन भए थाहा भएन । नकुल काजीको झापा एम्सप्रेस पनि रोकीयो, साप्ताहिक विचार, आलोक,युज्ञज्ञान र स्वाधीन सम्वाद पनि हरायो तर नकुल काजी चन्द्रगढीवाट सरेर भद्रपुर आफ्नै निवासवाट लेटर प्रेसवाट दैनिक विवेचना निकाल्न थाल्नु भए पछि मलाई लाग्छ झापा वाट मात्र हैन त्यो समयमा मेचि वाटनै दुई मात्र दैनिक पत्रिका दैनिक हिजो आज र विवेचना दैनिक निस्कन्थ्यो जस्तो लाग्छ ।

डिल्लीराम निर्भिक जसलाई म अंकल भन्थे, वहाँ सँगको यो नाता मेरो आफ्नै श्रृजना हो । शुरुमा यो पत्रिका ४–५ पानाको आएको याद छ । पछि गएर ४ पाना र अझ पछि गएर १ पानाको मात्र निस्कन थाल्यो । विवेचना ४ पनाको निस्कदा पनी यो १ पानामै आउथ्यो तर पनी हिजो आजको खवरले सवैलाई तताउथ्यो । हिजो आजमा मलाई थाहा छ सम्पादकमा डिल्लीराम निर्भिक भएता पनी यसलाई मेरुदण्डदिने काम राजवावु शंकरले दिएका हुन भन्ने मेरो सोच छ । अक्सर जन्ताचौकको यौटा सानो टहरामा सिदार्थ छापाखानाको वोर्ड र त्यस भित्र रहेका राजवावु शंकर र वेला वेलामा हसिलो मुहारमा व्यङ्गप्रहारमको गतीमा भेटिने पत्रकार निर्भिक मात्र भेटेको छु । म जाँदा के छ कतिज , केहि सहयोग रु पत्रकारले छाप्ने सहयोग गर्छ यसो केही लेखेर ल्याओ न म राजवावुलाई भनिदिन्छु छापीदिन्छ भन्थे उनी । त्यो वेला लौन त हेरम कतिको छापीदो रहेछ भनेर मैले यौटा कविता कोरे करिव २०–२२ हरफको र पत्रिका घर घरमा वाडन आउने यौटा हेमरम भाईको हातमा दिएर यो दारीवाल अंकललाई दिनु है भने न भन्दै ४ पानाको पत्रिकाको दोस्रो पानामा छापीएछ त्यो कविता । भोली पल्ट सगरमाथा चौकमा ल हेरिस त केटा अस्ती हेरम भन्थीस नी उनले भने । मैले चिन्दा डिल्लीराम निर्भिक जोे सँग पनि वोल्थे । उनी छुच्चा पनी थिए र लोभी पनी । उनी यौटा डायरी वोकेर हिडिरहन्थे । चौक चौकमा चिया पसलमा उनी आउन साथ अरु साईड लाग्थे । ए वस न हौ कहा हिडका भन्ने वानी थियो , अनी म भन्थे डायरी नवोकी आए पो…….वस्छन त विचाराहरु ।

मेचि वहुमुखी क्याम्पस अध्यनको क्रममा मलाई नेवि संघले आफ्नो मुखपत्र भित्ते पत्रिका ू हाम्रो आवाज ू निकाल्ने जिम्मा दियो , पत्रकारीतामा चासो भएको र समय समयमा विवेचनामा केहि फुटकर रचना प्रकाशित गर्ने मेरो वानी देखेर मलाई त्यसको जिम्मा दिएको थियो । मैले वर्ष ४ अंक २१ वाट ७ वर्ष अंक ५७ सम्म त्यो पत्रिकाको सम्पादन गरे । शुरुमै संगठनको मुखपत्र त्यो पनि सम्पादन सहित प्रकाशित गर्नु पर्ने ,फेरी प्रतिद्घन्दीमा अनेरास्ववियुको त्यस्तै मुखपत्र मेचि वोल्छ सँग प्रतिस्पर्धा गर्नु पर्ने । चुनैती पनि जिम्मेवारी पनि थियो , अव कहा र कसलाई सोध्ने रु यसो सोचे नकुल काजी पनि ठुलै पत्रकार जाँउ की क्या हो , आ फेरी के भन्लान चिनेको पनि छैन पत्रिकामा सम्पादकमा नाम मात्र देख्या हो , भनेर गईन , यसो सोचे छिमेकमा निभिैक अंकल छन गएर हिन्टस लिनु परयो भनेर गए , छापाखानामै केहि लेख्दै गरेको भेटे अंकल नमस्कार मैले भने , उनी टक्क रोकीएर भने के छ खवर रु मेले आफु आएको कारण भने उनले जाने जती सवै मलाई सिकाए र २–४ वटा हिजो आजका अंक थमाउदै भने यो लौजाउ हेर र यस्तै ढाचामा लेख , नडराई लेख नी ,अरु केही पुस्तक चाहिएमा आउने लाने र फिर्ता गर्ने ।म त्यस पछि फिरे भोलीपल्ट मैले हरेक महिनाको पहिलो आईवार निस्कने गरी मुख पत्र निकाले ,फ्रेम सहित काठको जाली त्यस भित्र मेरो सम्पादनको हाम्रो आवाज । यदि डिल्ली निर्भिकले साथ र लेख्ने होसला नदिएका भए म अगाडी वढने थिईन । वेला वेला वाटोमा या कुनै औपचारीक कार्यक्रममा अव त तिमि पनी पो सम्पादक त हौ , ल सम्वादाता वनाई दि भनेर हसाउने वानी थियो ।

अध्यनको क्रममा विए तेसो वर्षमा मैले अतिरिक्त विषय पत्रकारिता रोजे । अव एक जना पत्रकार खोजेर पत्रकारीताको सिकारु अध्ययन गर्नु पर्ने भयो । करिव ७६ जनाको टोलीमा कोही स्वाधीन समवाद तिर लागे , कोही विवेचना दैनिक तिर र कोही हिजो आज मा । तर हिजो आज मा ४–५ जना देखि कोही भएनन। कि न हो थाहा भएन । ४–५ जना ले ३ दिन जति कक्षा लियौ निर्भिक अंकल सँग, तर ३ दिनमा जति मुख्य कुरा सिकियो त्यो पर्याप्त थियो । वहाको पत्रकारिता सिकाउने शैली सरल,व्यङ्गात्मक थियो तर वुझाईएमा पर्याप्त थियो । अक्सर काठमान्डौ दौडीरहने वानीले पनि होला वहाँले हामीलाई पत्रकारिता लामो समय सम्म सिकाउनु भएन पछि हामी सवै विवेचनामा नकुल काजी सँग कावि ३५ दिन सिक्न जाँदा हिजो आज विर्सन पुग्यौ । फेरी विवेचनामा मोहन काजी, रोहित काफ्लेको टिममा परेर पनी हिजो आज विर्सेको हुन सक्छ । पत्रकारिता सिक्ने पहिलो दिन हालको भद्रपुर व्लड वैकको अगाडीको चौरमा नकुल काजी सर ले ल सोलुखुम्वुमा पहिरोगयो त्यसलाई भद्रपुरमा वसेर समाचार लेख त भन्नु भयो , मैले सम्वादाताको शैलीमा ल् लेखे र देखाए , काजी सरले हेर्नु भयो र भन्नु भयो सम्वादता नै हो की के हो रु मैले हैन म त नँया विध्यार्थी पो हो भन्दा वहाँले हैन यस्तो हालिन शैलीमा लेख्न सक्ने मान्छे शिकारु ह्ुन सक्दैन भन्नृ जवाफ काजी सरले गरे । मेलै त्यसो त हैन सर हस्ती २–२ दिन यसो गाँईगुँईमा सम्पादक ले सिकाएका थिए मात्र भन्दा ल ठिक छ भोली वाट नआए हुन्छ ,यतीको सिकाएका राम्रो रहेछन मेरा दाईले तिमिलाई उाले फेरी भने, मैले भने हैन सर म त आउछु । पत्रकारिता सिक्ने क्रममा एक दिन मैले नकुल काजी सर लाई सोधे , सर विवेचना का नकुल काजी र हिजो– आजका निर्भिकमा के फरक छ पत्रकारिता मा रु , वहाँले वढो शालिन शैलिमा भन्नु भयो , दाहाल भाई म के पत्रकार , म त यसो साना कुराहरु सम्प्रेसन गर्ने मात्र हो , वास्तवमा पत्रकार त निर्भिक हुन , वहाँ मेरा दाई पत्रकार , म वहालाई दाई पत्रकार भन्न रुचाउछु । झापा मात्र नभएर पूर्वमै पत्रकारीतामा मियो गाडने मान्छे पत्रकारिताको मियो हुन डिल्लीराम निर्भिक । एक दिन सगरमाथा चौकमा सातो स्कुटी प्रेस लेखेको टक्क अडियो , मैले अभिभावदन गरे । के छ खवर रु ए तिम्रो हातमा पनि डायरी रु ल वधाई छ , उनले भने । मैले पत्रकारताको मियोको सिको गरौकी अंकल भने । के रे मियो रे रु वहाले वुझेर हो नवुझी हो सोध्नु भयो , मैले नकुल सरले वँहाको पत्रकार र मियोको वारेमा भनेको कुरा सुनाए । वहाले हास्दै ए काजीले त मलाई चुलीमै पुरयाएछ । अनि कस्तो सिकाई छ त तिम्रो ,अनि हाम्रो आवाजको सम्पादक तिमि त हैन फेरी सोध्नु भयो । हैन यसो संगठनको भिते पत्रिका, सिकेको पो त मैले भने । हेर भाई पत्रकारीता पनि त ठिकै छ गर न पछि प्रेस कार्ड वा पास चहियो र यसैमा रम्छौ भने भन म भनिदिन्छु उनले भने , हेरौ अंकल जीवनले कता लान्छ । यौटा पत्रीकामा सम्वादाता वन्नेहो भने म कुरा गरिदिउ त , तिम्रो केही लेख मैले काजीको पत्रिकामा हेरेको छु , तिमि लेख्न सक्छौ भने, मैले भने यस वारे म पछि कुरा गरौला न त है । ल त भनेर उनीमा स्कुटीमा हस्पिटल मोड तिर हुईकीए । त्यस पछि उनी सँग कहिलेकाही कुनै औपचारीक समारोह वा वाटोमा क्रस साईडमा मात्र भेट हुन्थ्यो हर भेटमा उनको एउटै वोली हुन्थ्यो के छ वेसै छ रु दुवै हात ले ल है भन्ने वहाँको थियो ।

डिल्लीराम निर्भिक सारै सम्पतीको मामलामा सारै लोभी भएको मैले पाएको छु । क्याम्पसमोडमा वँहाको घर पहिला भुटानी शरणार्थी अफिसले , पछि शिक्षा कार्यालय झापा अनी नर्सिङ्ग क्याम्पसले भाडामा लिएको थियो तर जहा भए पनि भाडा उठाउने समयमा चाहि टुपलुक्कै आई पुग्ने अलिकती पनी न छाडने । एक पटक क्यामपसमोडमा जग्गाको सानो सिमानामा कुरा नमिल्दा वहाले त्यस क्षेत्रमा वस्ने स्थानीय वासिन्दा सँग ठुलै झगडा गर्नु भएको थियो । आफ्नो हो भने किन छाडने रु वहाको विचार थियो । डिल्लीराम निर्भिक झट्ट हेर्दा जो केहीले पनी झुस्स दारी पालेको निधारमा पावरवाला चस्मा वोल्दा हासेर वोल्ने भेटेको पाएको छु । आज वहाँ यो भौतिक संसारमा हुनुहुन्न भन्दा मलाई वँहाको त्यो मुहार , हातको डयारी र रातो रङ्गको प्रेस लेखेको स्कुटीको झ–झल्ल्को आईरहन्छ । आज हिजो आजका सम्पादक हुनुहुन्न तर वहँको हिजो आज मेरो मानसपटलमा भोली पर्सी सम्म पनि रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: