हिन्दुबादी पार्टीबाट जिते मुस्लिम

  प्रकाशित मिति
२० असार २०७४, मंगलवार १०:५३


RPP KECHANAबनियानी । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दुबादी राजनीतिक दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’बाट ।

जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले ।

उनी स्थानीय तहको चुनावमा कचनकबल गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाबाट उम्मेद्वार बनेका थिए । केचना, बनियानी, पथरिया लगायतका गाविस मिसाएर बनाइएको कचनकबल गाउँपालिकामा नेपालकै सबैभन्दा होचो भूभाग पनि छ ।

मुलुककै सवैभन्दा होचो भूभाग भएको गाउँपालिकाको निर्वाचनबाट अन्जारले धार्मिक सहिष्णुताको अनुपम र सर्वोच्च नमुना पनि प्रस्तुत गरेका छन्, जो यतिबेला मुलुकभरि भाइरल समाचार बनिरहेको छ ।

अन्जार स्थानीय क्षेत्रमा निकै लोकप्रिय छन् । पहिलो जिल्ला विकास समितिको निर्वाचनमा उनी त्यसै क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित भएका थिए ।

जनप्रतिनिधिको अनुभव पहिल्यै सङ्गालिसकेका उनी राप्रपाका पुराना कार्यकर्ता हुन् । राप्रपाको स्थापनाकालदेखि नै सो पार्टीमा लागेका उनी दक्षिण पूर्वी झापामा पार्टीको खम्बा बनेर उभिदै आएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन बताउँछन् ।

anjar 1‘इमान्दार र जनताको सेवकको रुपमा उहाँले आफ्नो छवि बनाउनु भएको छ’, महामन्त्री लिङ्देनले सोमवार लोकतन्त्र पोस्टसँग भने–‘अहिलेको जस्तो प्रतिकूल परिस्थितिमा पनि गाउँपालिका जित्नु उहाँको लोकप्रियताको प्रतिफल मानिनु पर्छ ।’

जुलुसमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रमुख अतिथि थिए । बिहानको जुलुसमा अन्जार हजारौँको भीडमा नायक झैँ अभिवादन फर्काइरहेका थिए । राप्रपाको झण्डा फरफराइरहेको थियो भने समर्थकहरुले नारा घन्काइरहेका थिए ।

बनियानी बजारको काली मन्दिरमा अन्जार लगायत उनको विजयी टोलीले हिन्दु देवता साक्षी राखेर भ्रष्टाचार नगर्ने शपथ लिएको छ । नियमले दिने सुविधा बाहेक एक पैसा पनि नलिने उनले मन्दिर र जनतासामू कसम खाए ।

‘नेपालको पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्छ’, मुस्लिमको छोरा हिन्दुबादी पार्टीको नेता कसरी भन्ने आम जिज्ञासातर्फ लक्षित गर्दै अन्जार भन्छन्–‘हाम्रो पार्टीले सबै जनताले हिन्दु बन्नु पर्छ त भनेको छैन नि ।’

राप्रपा भनेको हिन्दुबादी पार्टी हो भन्ने आम बुझाइ भए पनि झापाको कचनकबलमा मात्र होइन, मुस्लिम बहुल नेपालगञ्जको मेयरमा पनि राप्रपाले नै जित हात पारेको छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: