हिन्दू राज्य लेखाउन अर्को धक्का दिने बेला आयो : गौतम

  प्रकाशित मिति
२८ भाद्र २०७८, सोमबार २१:१९


किशोर गौतम ।

विर्तामोड, २८ भदौ । सन्त समाजका केन्द्रीय महासचिव किशोर गौतमले नेपालको संविधानमा हिन्दू राज्य लेखाउन एकपटक राष्ट्रव्यापी धक्का दिने चेतावनी दिएका छन् ।

नेपालका लागि नेपाली पार्टीको आयोजनामा जारी विश्व ओमकार एकता महाअभियानको आज विराटपोखरमा भएको एकता प्रार्थना सभामा बोल्दै गौतमले त्यस्तो बताएका हुन् ।

उनले नेपाललाई हिन्दू राज्य बनाउन धार्मिक र राजनीतिक दुबै धार तिखार्नु पर्ने आवश्यकता औल्याउँदै हरेक हिन्दू नेपालीले एकपटक सडकमा निस्कनु पर्ने बेला आएको बताए ।

८० प्रतिशत नेपाली हिन्दूमा आस्था राख्ने हुँदाहुँदै २०७२ सालको संविधानमा धर्म निरपेक्षता लेख्नु गम्भीर धोका भएको उल्लेख गर्दै उनले अबको चुनावमा धर्म निरपेक्षताको समर्थक दललाई भोट नहाल्न आह्वान समेत गरेका छन् ।

यसैवर्ष देवघाटमा देशभरका हिन्दू धर्मका अगुवाहरुको भेलाले नेपाललाई हिन्दू राज्य बनाउन सशक्त आन्दोलन गर्ने संकल्प गरेको जानकारी गराउँदै गौतमले असोजभरि जिल्लामा संगठन चलायमान बनाउने, विर्तामोडमा सभा गर्ने र त्यसपछि काठमाडौं घेराउ गर्ने चेतावनी दिएका छन् ।

ख्यामप्रसाद खनाल ।

विश्व ओमकार एकता महाअभियानका अगुवा धार्मिक अभियन्ता ख्यामप्रसाद खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपालका लागि नेपाली पार्टीका केन्द्रीय नेता दिपक आत्रेयले कार्तिकपछि मुलुकमा हिन्दू राज्यको पक्षमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने चेतावनी दिएका थिए ।

उनले नेपालको धर्मनिरपेक्षता सोलुखुम्बुको नाम्चेमा सिसौ रोपेजस्तै अमिल्दो भएको टिप्पणी गरेका थिए ।

नेपालका लागि नेपाली पार्टीका केन्द्रीय सदस्य मुकुन्द दाहालले प्रमुख राजनीतिक दलहरुले धोका दिएको कारण राजनीतिमा लाग्न नचाहने आफुजस्ता हजार्रौ युवाले हिन्दू राज्य स्थापनाका लागि फेरि एकपटक राजनीतिमा लाग्नु परेको बताए ।

कार्यक्रममा भैरव सिटौला, पुण्यप्रसाद प्रसाई, शान्तिराम ढकाल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: