हिलारी विजयी हुने पाँच कारण

  प्रकाशित मिति
२१ कार्तिक २०७३, आईतवार ०९:०९


bishwaprakash-sharma

नोभेम्बर ८ तारिख (मङ्गलबार, २३ कार्तिक) मा हुन लागेको अमेरिकाको राष्ट्रपति निर्वाचन, अध्ययन भ्रमण क्रममा केही दिनयता म यहाँको ६ वटा राज्य फन्को मार्ने क्रममा छु । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन बिचको रोचक प्रतिस्पर्धाको समाचारलाई संसार भरिका मिडियाले यतिबेला यहाँबाट प्रमुख प्राथमिकताका साथ सम्प्रेषण गरिरहेका छन् ।

महाशक्ति राष्ट्रको चुनावी महाभिडन्तको सम्भावित परिणामबारे लोकतन्त्र पोस्ट राष्ट्रिय दैनिकमार्फत आफ्नो विश्लेषण म आफ्नो गाउँ–समाज समक्ष प्रेषित गरिरहेको छु ।

इमेल प्रकरण एक मात्र भीषण विषय हुन सक्नेछ, जसले हिलारीलाई चुनाव हराउँला, अन्यथा ५ महत्वपूर्ण अन्य कारण मेरो विश्लेषणमा छन् जो हिलारीको विजयका लागि निर्णायक हुनेछन् ।

ट्रम्प स्वयम् पहिलो कारण
रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पको नकारात्मक छवि हिलारी विजयी बन्ने प्रथम कारण बन्नसक्ने निष्कर्षमा छु म । राजनीतिमा कुनै अनुभव नभएका ट्रम्पले निरन्तर विवादास्पद अभिव्यक्ति दिँदै आए, जसले उनका बारेमा अमेरिकी मतदाता माँझ नकारात्मक छवि निर्माण गर्दै लग्यो । प्रष्ट छ, ट्रम्प राष्ट्रपति नबनुन् भन्ने चाहना राख्ने सचेत मतदाताले हिलारीलाई मत दिनेछन् । रिपब्लिकन पार्टीकै वरिष्ठ नेता जोन मक्केन ट्रम्पको विरुद्धमा उभिएका छन् । मक्केन सन् ८ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका थिए । त्यस्तै सन् १२ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेद्वार बनेका मिट रोमनी पनि ट्रम्प विजयी बन्न नहुने पक्षमा देखिएका छन् । अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष पल रेयान जो रिपब्लिकन पार्टीबाटै निर्वाचित हुन्, उनी पनि ट्रम्पको विपक्षमा छन् । ट्रम्पको असङ्गतिपूर्ण बोली र व्यवहारले सुरुदेखि नै सबैलाई चिढ्याएको छ, हिलारीको विजयका लागि यो महत्वपूर्ण कारण बन्न लाग्दैछ
युद्ध र शान्तिको प्रश्न

ट्रम्प र हिलारी बिचको छनोटको विषय बाह्य मामिलासँग युद्धको मामिलामा करिब समान ढङ्गले नै सशङ्कित देखिन्छन्, अमेरिकी मतदाता । यद्यपि ओसामा बिन लादेनलाई सफाया गरिरहँदा हिलारी विदेशमन्त्रीका रूपमा निर्णायक भूमिकामा थिइन् तर ट्रम्प त झन् इराक र अफगानिस्तानमा आक्रमण गर्ने दुस्hillary-clinton-and-donald-truसाहसी राष्ट्रपति जर्ज बुसका प्रशङ्सक र उनकै पार्टीका उम्मेद्वार हुन् । सिरिया, इरान, उत्तर कोरिया लगायतका देशसँग सम्भावित युद्धको मनोविज्ञानमा छ, अमेरिका ।

हिलारी या ट्रम्प जो विजयी बने पनि अमेरिकी अहम् ओरालो नझर्ला । तर, क्युवासँग सम्बन्ध सुधार गरेको, अफगानिस्तानबाट सेनाको ठूलो हिस्सा फिर्ता गरेको, ओबामा प्रशासनको दोस्रो भाग हुन सक्छिन् हिलारी भने, ट्रम्प बन्न सक्छन् जर्ज बुशको दोश्रो भाग । अर्थात् विश्वशान्तिका लागि हिलारीभन्दा ट्रम्प खतरनाक हुन सक्छन् । एग्रेसिभ ट्रम्प विजयी होउन् र संसार एक अर्को विश्वयुद्धमा जाओस् ? सायद यो चाहँदैनन् अमेरिकी मतदाता, त्यसैले मेरो ठम्याइ छ चुनाव जित्नेछिन् हिलारीले ।

आप्रवासीको मुद्दा
आप्रवासीहरुका विरुद्ध ट्रम्पको कठोर प्रस्तुति उनको पराजयको अर्को कारण बन्न सक्ने देखिन्छ । मेक्सिको बोर्डरमा पर्खाल लगाउनु पर्ने र आप्रवासी प्रवेशमा निषेधसम्मै पुग्नुपर्ने मत राखिरहँदा ट्रम्पले के बिर्सिए भने अमेरिका मूलत आप्रवासीहरुले बनाएको देश हो र स्वयम् उनका पू्र्खापनि युरोपबाट अमेरिका आएका थिए ।

मूलत आदिवासी रेड इन्डियनहरुको देश अमेरिकामा नेपाली हुन् या अन्य एसियाली, अफ्रिकी हुन् या हिस्पानीक (स्पेनिस भाषी) यी सबै खाले आप्रवासीहरु, ट्रम्प नीतिको विपक्षमा देखिन्छन् । स्वाभाविक छ आप्रवासी मतको बहुमत ट्रम्पको विपक्षमा झर्नेछ ।

ट्रम्पको अनुदार कर नीति
करनीतिको विरुद्ध ठूला कर्पोरेट हाउसहरुमाथि करको आकार बढाउनुपर्ने पक्षमा उभिएकी छिन् हिलारी, अरबपति व्यापारी ट्रम्प भने यसको विपक्षमा छन् । बिगतमा अकुपाई वालस्ट्रीटको आन्दोलनमा उत्रिएको वर्गले असङ्गठीत ढङ्गले सहि ट्रम्पहरुको एक प्रतिशत वर्गको विपक्षमा मत जाहेर गर्ने निश्चित छ । यसको सोझो फाइदा हिलारीलाई मिल्नेछ ।

महिला मुद्दाको प्रश्न
ट्रम्प विजयी बन्दा कुनै नयाँ ऐतिहासिक घटना मानिने छैन । तर, हिलारी विजयी बन्दा पहिलो पटक अमेरिकी राष्ट्रपति पदमा महिला पुगेको इतिहास रचिने छ । नेपाल होस् या बेलायत, अष्ट्रेलिया होस् या जर्मनी, ब्राजिल होस् या फिनल्यान्ड यी मुलुकको शीर्ष नेतृत्व तहमा महिलाहरु स्थापित भइसके । दुनियाँ एक ढङ्गले ‘वुमन एरा’मा पुगेका बेला अमेरिकी मतदाता सायद महिला राष्ट्रपति चयन गर्ने अवसर गुमाउन नचाहलान् भन्ने मलाई लाग्छ ।

तर घडी उल्टो घुम्न सक्छ 
डेमोक्रेटिक पार्टीलाई दुई कार्यकाल लगातार जिताइसकेका अमेरिकी मतदाताले परिवर्तनको परम्परागत ट्रेण्ड पछ्याउँदै ट्रम्पलाई रोज्न सक्छन् भन्ने अनुमानहरु पनि बलियानै छन् । सन् ८५ मा केवल काला भएका कारण क्यालिफोर्नियाको गभर्नर पदमा पराजित काला टम ब्रेडिलको देशमा दुई दशकपछि काला जातिका ओबामा रास्ट्रपतिमै बिजयी भए । उनको बिजयसँग असन्तुष्ट गोरा समुदायका एकथरी उग्र जातिवादी मतदाताले डेमोक्रेटिक पार्टीको विपक्षमा मत हाल्न सक्छन् ।
(हाल परिवारसहित अमेरिकामा रहेका शर्माको विश्लेषण)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: