हेर्नै पर्ने सिनेमा

  प्रकाशित मिति
१९ बैशाख २०७३, आईतवार ०९:२८



सा
माजिक परिवर्तनको एउटा सशक्त माध्यम भएर पनि सिनेमाको योगदान ओझेलमा पर्ने गरेको छ । तीन घण्टे मनोविलासको साधनको रुपमा मात्र सिनेमालाई बुझिनु हुँदैन । पढिएको र सुनिएको भन्दा हेरिएको कुरा सजिलै बुझिन्छ भन्ने बैज्ञानिकहरूले सिद्ध गरिसकेका छन् ।

यही सिलसिलामा नेपाली समाजमा व्याप्त जातीय विभेद र छुवाछुत प्रथा विरुद्ध जागरण ल्याउने ओजपूर्ण प्रस्तुति रहेको ‘बाटोमुनिको फुल–२’ नामक सिनेमा हाल झापा लगायतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ ।

अभिनय, सन्देश र मनोरञ्जन सबै दृष्टिले हेर्नलायक सिनेमा बनेकोे छ ‘बाटोमुनिको फुल–२’ । हाउडे मायापिरती र हिंसात्मक द्वन्द्वलाई नै बढी प्राथमिकता दिएर मुनाफामुखी सिनेमा निर्माण भइरहेको परिप्रेक्ष्यमा गायक तथा नायक यसकुमारद्वारा निर्मित यो सिनेमाले हाम्रै आँखामुनि रहेको सामाजिक द्वन्द्वको एउटा ठूलो पाटोलाई सिर्जनात्मक ढङ्गले उजागर गरेको छ ।

bato 4नेपाली समाजमा व्याप्त अनेकन बेथितिमध्ये जातीय विभेद र छुवाछुत प्रथाको कथा–व्यथा दर्दनाक छ । सामन्ती युगका कथित शासक वर्गले दासता लाद्न अमानवीय ढङ्गले सुरु गरेको विभेदको शृङ्खला इतिहासको विभिन्न कालखण्ड पार गर्दै आजको बैज्ञानिक युगमा आइपुग्दा पनि ज्यूँदै छ ।

कानूनका ठेली र सार्वजनिक भाषणमा अब नेपालमा जातीय विभेद छैन भने पनि हुन्छ । तर, व्यवहारमा यसले फणा फुलाइरहेकै छ । मान्छेबाटै मान्छेलाई अछुतको दुव्र्यवहार गर्ने यस्तो बेथिति घर–घर र वस्ती–वस्तीमा जीवितै छ । यही बर्बरतालाई अन्त्य गर्ने सन्देश बोकेको सिनेमा हो ‘बाटोमुनिको फुल–२’ ।

त्यसो त विगतको तुलनामा सामाजिक चेतनामा आएको परिवर्तनले विभेदको मात्रा नघटाएको भन्न मिल्दैन । तर निमिट्यान्न पनि हुन सकेको छैन । विभेदलाई संस्थागत गर्दै धार्मिक रीतिथिति बसाउने bato 5गलत कार्य पनि इतिहासको विभिन्न कालखण्डमा भए ।

मानिस उसको सत्कर्मले उच्च बन्न सक्छ, न कि जात र कुलले । विभेदको जालो च्यात्नका लागि धेरै पुस्तक लेखिन थालेका छन्, धेरै छलफल चलाउन थालिएका छन्–त्यसबाट सकारात्मक जागरण आउन थालेको पनि छ ।

‘बाटोमुनिको फुल’ नामक सिनेमाको दुबै भागले आम दर्शकसामू स्वस्थ मनोरञ्जन र सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ । मानवताको सन्देश प्रवाहित गर्ने यस्ता सिनेमालाई राज्य, समाज र दर्शकले मात्र होइन, मिडियाले समेत प्रोत्साहित गर्न जरुरी छ ।

(विर्तामोडको कृष्ण चलचित्र मन्दिरमा सिनेमा हेरिसकेपछि)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: