हे दैव, एउटै परिवारमा कत्रो पीडा !

  प्रकाशित मिति
९ मंसिर २०७३, बिहीबार २०:४५


bhupin-rai
भूपेन राइ र उनका नावालक छोराछोरी ।

विर्तामोड, ८ मंसिर । भाइको दुबै मिर्गौला काम नलाग्ने भएपछि शुभचिन्तकहरूबाट आर्थिक सहयोग जुटाएर नयाँ मिर्गौला प्रत्यारोपणको तयारीमा जुटिरहेका पत्रकार दिपीन राईको परिवारमा अर्को पीडा थपिएको छ ।

मिर्गौला रोगबाट थलिएका भूपेन राइकी पत्नी शान्ता राईलाई एपेन्डिक्स फुट्न सक्ने विरामीले सताएपछि विहीवार उनलाई शल्यक्रियाका लागि बीएन्डसी हस्पिटल भर्ना गर्नु परेको छ ।

भाइलाई मिर्गौला रोग र उनलाई स्याहार्ने बुहारीलाई पनि एपेन्डिक्सले सताएपछि पत्रकार दिपीन राई आफ्नो सम्पादकत्वमा प्रकाशित हुने यलम्बर साप्ताहिक र घर व्यवहारका सबै काम छाडेर भाइवुहारीलाई बचाउने अभियानमा जुटिरहेका छन् ।

सम्पतिको नाममा एक धुर जग्गा पनि आफ्नो नभएका भूपेनलाई उपचारका लागि युवा समाजसेवी चतुर्भुज काफ्लेको संयोजकत्वमा भूपेन बचाउ समिति नै गठन गरेर हाल आर्थिक सहयोग जुटाउने काम भइरहेको छ ।

हालसम्ममा देशभित्र र बाहिरबाट ३ लाख रुपैयाँभन्दा बढी नै आर्थिक सहयोग जुटिसकेको र सहयोग आउने क्रम जारी रहेको संयोजक काफ्लेले बताएका छन् ।

‘मित्र दिपीनजीको परिवारमा समस्याले एक पछि अर्को गरी पिरोलेको देख्दा हामी पनि बहुतै चिन्तित भएका छौँ’, सहयोग अभियानमा जुटेका संयोजक काफ्लेले लोकतन्त्र पोस्टसँग भने–‘मानिस सामाजिक प्राणी भएकाले एकलाई आपतविपद पर्दा अर्कोले सघाउनै पर्छ ।’

यतिबेला दिपीन राईको परिवारलाई सबैतिरबाट मन खोलेर सहयोग गर्ने बेला आएको र त्यसो भएमा मात्र त्यस परिवारले ढुक्कको श्वास फेर्न सक्ने काफ्ले बताउँछन् ।

पत्रकार दिपीन राई धनले कमजोर अवस्थाका भए पनि सामाजिक कार्यमा र अरुलाई आपद पर्दा मनले अति नै उदार भएर सहयोग पुर्याउने व्यक्ति हुन् ।

एक छोरा र एक छोरी नावालकै रहेका भूपेन राई र उनकी पत्नी शान्ता राई दुबैको उपचार दाताहरुको सहयोगकै भरमा गर्नु पर्ने बाध्यता छ ।
भूपेनलाई मिर्गौला प्रत्यारोपण गर्न मात्रै १८ देखि २० लाख रुपैयाँ लाग्ने अनुमान छ । शान्ताको उपचारमा ४० देखि ५० हजार रुपैयाँसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: