होचो कदको अग्लो मान्छे

  प्रकाशित मिति
२ पुष २०७३, शनिबार १५:०६


9299_456526971055425_1333720656_nहोचो कदको, चुस्स दारी पलाएको, शरीरको बाहिरी आवरणले पनि उनमा कविको परिचय दिन्छ । उनी अर्थात कवि केशव आचार्य । स्वच्छन्दतावादको मार्ग अवलम्वन गर्दै कविताको सृजनागर्ने कवि आचार्यका साहित्य सृजनाहरु कुनै पर्खालभित्र कैदी बन्दैनन् । उनका शबदहरु अराजक हुन्छन्, गुम्सिएका मनभित्रबाट निस्कने उनको साहित्य भाव कुनै सिमाभित्र पनि बन्दी बन्दैनन् । तर सत्य त त्यो हो उनका कविताहरु साच्चै लोभ लाग्दा हुन्छन् । डाह पलाउँछ उनको सृजनाको शिल्पी देखेर ।

कवि केशव आचार्य शिक्षक अनि पत्रकार पनि हुन् । उनको स्वभाव र सृजनाले उनलाई शिक्षक र पत्रकार भन्नु भन्दा पनि कविकै संज्ञा दिए धर्म छाडेको मानिदैन । झापाली साहित्य र पत्रकारिताको लामो यात्रा गरेका आचार्य पछिल्लो समयमा आएर आफ्नो साहित्य सृजना मै तल्लिन छन् । दर्जनौँ पत्रपत्रिकामा कविता र गजलबाट चिनिएका आचार्यले २०३७ सालमा ‘आचार विचार’ र २०५९ सालमा ‘केशव आचार्यका कविताहरु’ सग्रह पाठक समक्ष पुर्याइसकेका छन् । २०३१÷०३२ देखि साहित्य यात्रामा बढेको अचार्य अहिले पनि निरन्तर र जुझारु पनका साथ आफ्नो यात्रालाई बढाइरहेका छन् । २०११ साल बैशाख ८ गते ताप्लेजुङ्ग जिल्लाको हमपाङ्मा जन्मेका कवि केशव आचार्यलाई होचो कदको अग्लो मान्छे भन्दा पक्कै पनि दुईमत नहोला ।
शब्दहरुको अराजकताका बिचमा पनि उनको साहित्य भावले गाम्भीरर्यता बोध गराइरहेको हुन्छ । उनका कविता र गजलहरु झट्ट सुन्दा जति खुल्ला लाग्छन् त्यसको भाव पक्ष भने उत्तिकै अर्थ बोकेर ठिङ्ग उभिएको हुन्छ । आचार्यको सहित्य सृजना र लेखकीय शैलीलाई नियाल्ने हो भने उनका सृजनाहरु विशेष गरी मानवीय सम्वेदना सँग जोडिएका हुन्छन् । साथै विकृति र विसङ्गतिप्रति त्यतिकै खैरो खन्ने रामवाण बनेर प्रहार भै रहेका हुन्छन् । एकातर्फ उनको सृजनाले छाती छेड्ने गरी व्यङ्ग प्रहार गरीरहेको हुन्छ भने सँगै ती आनन्दित र मुलायम पनि हुन्छन् ।

संक्षिप्तमा कवि केशव आचार्यको साहित्य शिल्पीका बारेमा भन्नु पर्दा उनी एक मानवतावादी सष्टा हुन् । दर्जनौँ सम्मान र पुरस्कारबाट विभुषित भैसकेका कवि आचार्य अहिले पनि थुप्रै साहित्यक सङ्घ संस्थाहरुसँग आवद्ध छन् । आशा गरौ कवि केशव आचार्यका आगामि सृजनाहरुबाट सम्मुन्त र नविन समाज निर्माणका लागी उनका शब्दहरु चलायामान बनिरहुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    loktantr[email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: