होटलको विकृति रोक्न महिलाको गस्ती

  प्रकाशित मिति
८ माघ २०७२, शुक्रबार १०:१४


aama samuha

काँकडभिट्टा (झापा), ७ माघ । झापाको काँकडभिट्टामा स्थानीय महिलाले होटल लजमा हुने विकृति रोक्न सामूहिक गस्ती सञ्चालन गरेका छन् । महिलाको यस्तो सव्रिmयताले होटलमा हुने देहव्यापार लगायतका विकृति बन्द भएको छ ।

पूर्वी नाका भएको कारण काँकडभिट्टामा होटल लजको व्यवसाय फस्टाउँदो अवस्थामा छ । यहाँ ५ सयभन्दा बढी नाम चलेका होटल सञ्चालनमा छन् । तर केही होटलले विना दर्ता व्यवसाय सञ्चालन गरेर देहव्यापार चलाउन थालेपछि सामाजिक विकृति बढेको थियो । विकृति रोक्न थुप्रै प्रयास गरिए पनि अन्त्यमा महिला नै अघि सरेर गस्ती गर्न थाल । महिलाको यस्तो सव्रिmयता विकृति रोक्ने अचुक अस्त्र सावित भएको छ ।

मेचीनगर–१० मा जनआवाज, आनन्द, बौद्ध, पूर्वी भानु लगायतका दर्जन बढी टोल विकास समितिमा आवद्ध २७ जना महिलाले होटलको विकृति हटाउने अभियानको नेतृत्व लिएका छन् । उनीहरूको अगुवाई गरेकी छन्–आमा समूह नेपालकी अध्यक्ष चन्द्रा शाही विमलीले ।
कुनै होटलमा मदिरा खाएर होहल्ला भएको, देहव्यापार हुने गरेको र झैँझगडा हुने गरेको सूचना पाउने वित्तिकै एक हुल महिला जुनसुकै समयमा होटल वा लजमा पुग्छन् र कार्वाही अघि बढाउँछन् ।

महिलाहरूले होटल र लजको नियमित गस्ती समेत गर्दै आएका छन् । गस्तीमा निस्कँदा उनीहरूसँग महिला प्रहरी साथै रहने गरेका छन् । प्रहरीको साथले गर्दा महिलाहरू विकृति रोक्ने अभियान निर्भयसाथ सञ्चालन गरिरहेका छन् ।

आमा समूहको सव्रिmयताले काँकडभिट्टामा ठूलो परिवर्तन आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारी बताउँछन् ।

‘होटलमा हुने विकृति रोक्ने काम पहिले प्रहरीको मात्र हो भन्ने सोचाई थियो’, प्रहरी नायव उपरीक्षक अधिकारी महिला समूहको खुलेर प्रशंसा गर्दै भन्छन्–‘अहिले उहाँहरूको साथले वास्तवमै विकृति विसङ्गति रोक्न सफल भएका छौँ ।’

प्रहरीका अनुसार गत ५ महिनाको अवधिमा देहव्यापार लगायत होटलमा हुने विकृतिजन्य गतिविधिमा संलग्न १२ जना विरुद्ध सार्वजनिक अपराधको मुद्दा चलाइएको छ भने एक जना अभियुक्त जेल चलान भइसकेका छन् ।

महिलाहरू नै विकृति रोक्न अघि सर्नुका पछाडि झापाको काँकडभिट्टाको एक होटलमा गत जेठमा बलात्कारपछि युवतीको हत्या भएको घटना जोडिएको छ । त्यसपछि स्थानीय महिला सङ्ठगित भएर होटलमा हुने विकृति विरुद्ध जाइलागेका हुन् ।

मेचीनगर –१० स्थित सिलोङ होटलमा मजदुरी गर्दै आएकी झापा विर्तामोडकी मन्दिरा विकको गत जेठ १५ गते होटलभित्र हत्या गरी फालिएको अवस्थामा शब भेटिएको थियो । घटनाका दोषीलाई कानूनी कार्वाही भइरहेको छ । त्यस घटनापछि महिलाहरूले होटलमा हुने विकृति रोक्न अभियान नै चलाएका हुन् ।

विभिन्न टोल विकास समितिमा आवद्ध २७ जना महिलाको भेलाले गत असारदेखि जस्तोसुकै चुनौती झेलेर भए पनि होटलमा हुने विकृति रोक्न अभियान चलाउने निर्णय गरेको आमा समूह नेपालकी अध्यक्ष विमली बताउँछिन् ।

‘होटलहरूमा अनैतिक व्रिmयाकलापका घटना बढेको जनगुनासो धेरै पहिलेदेखि आइरहेको थियो’, अध्यक्ष बिमली भन्छिन्–‘असारमा होटल मजदूर मन्दिरा विको हत्या नै भएपछि हामीले सङ्गठित भएर आमा समूह नेपाल नामक संस्था खोलेर गस्ती सुरु गर्यौँ ।’

महिलाहरूले होटलमा यौनजन्य अपराधका घटना हुन नदिन प्रहरीको सहयोग लिने गरेका छन् । उनीहरूले होटल दर्ता गरे नगरेको समेत हेर्न गर्छन् । ‘थुप्रै होटल विना दर्ता सञ्चालित रहेछन्’, उनले भनिन्–‘राजस्व ठगी गरी विना दर्ता सञ्चालित होटलहरूलाई समेत हामीले दर्ताको दायरामा ल्याउन सघाएका छौँ ।’

आमा समूहले होटलमा रहेका कर्मचारीलाई अनिवार्य परिचय कार्ड दिनुपर्ने व्यवस्था मिलाउन बाध्य पारेका छन् । उनीहरूले होटलमै पुगेर कार्डमा लेखिएको पद बमोजिमको काम छ छैन भनेर निरीक्षण समेत गर्ने गरेका छन् । निरीक्षणको व्रmममा होटलमा राखिएको महिलालाई बाध्य बनाएर यौनजन्य व्यापारमा लगाउने गरेको फेला परे होटल व्यवसायीलाई समेत कार्वाही अघि बढाउने काम महिला समूहले गर्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले होटलको गस्ती र दोषी पव्रिmने कार्यमा महिला प्रहरी नै पठाइदिने गरेको छ । उनीहरूले काँकडभिट्टामा पाएको सफलताका आधारमा अभियानलाई जिल्लाव्यापी बनाउने योजना सुरु गर्न लागेको बताएका छन् ।
क्षेत्रीय होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष ललित तामाङले प्रहरी, आमा समूह र सङ्घको सव्रिmयताका कारण काँकडभिट्टाका होटलमा अनैतिक कार्य बन्द भएको बताए ।

उनले विशेष गरेर आमा समूहले होटलमा गर्ने गस्तीका कारण अनैतिक कार्य मात्र होइन होटललाई व्यवस्थित गरेर सञ्चालन गर्न र कर्मचारीलाई अनिवार्य परिचय कार्डको समेत व्यवस्था भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: