होटलमा एक व्यक्ति मृत फेला

  प्रकाशित मिति
७ श्रावण २०७३, शुक्रबार २०:३८


विर्तामोड ७ साउन । शनिअर्जुन नगरपालिका वडा नम्बर – ९ बसपार्कस्थित गुडलक होटलमा एक व्यक्ति (पुरुष) मृत फेला परेको प्रहरीले जनाएको छ ।

होटलको १०६ नम्बर कोठामा शुक्रबार विहान मृत फेला परेको व्यक्तिको हालसम्ममा कुनै पनि परिचय नखुलेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले बताए ।

उनका अनुसार होटलको इन्ट्री बुकमा ठेगाना धरान, बाबुको नाम बालजंग थापा, आमाको नाम शान्ति थापा र आफ्नो नाम कृष्ण थापा र बर्ष ४३ लेखाएको छ ।

प्रहरीले घटनास्थल र लासजाँच मुचुल्का समेतको अनुसन्धान कार्य पुरा गरी लास पोष्ट मार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको जनाएको छ ।

उपरीक्षक खत्रीले निज मृतकको आफ्नतहरु कोही भए कार्यालयको फोन नं. ०२३५४०१०० र ५४११०० र ९८५२६९००५५ मा तुरुन्त सम्पर्क गर्न हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: