होटलमा बसेका ५६ जनाको या्पिड टेस्ट, कोरोना भेटिएन

  प्रकाशित मिति
२९ चैत्र २०७६, शनिबार १५:५१


।। अर्जुन कार्की ।।

मेचीनगर । लकडाउनका कारण काँकरभिट्टाका विभिन्न होटलमा बसेका ५६ जना यात्रुको शुक्रबार र्या्पिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका सबै नमुनामा नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरसको परीक्षण गर्ने यो नयाँ विधि हो । यसको अर्थ रगत परीक्षण गरिएका ५६ जनामा कोरोना नभएको पुष्टि भएको छ ।

झापामा पहिलोपल्ट प्रदेश सरकारले क्वारेन्टाइनमा १४ दिनको बसाई पूरा गरेकाहरुमा आरडीटी किट प्रयोग गरी कोरोनाको जाँच सुरु गरेको हो । यसमा व्यक्तिको रगतको नमुना लिइएको थियो ।

होटलमा बसेको १८÷२० दिन भएकाले आरडीटी किटबाट परीक्षण गरिएकाहरुको रिपोर्ट नेगेटिभ आएको भए तापनि उनीहरुको थ्रोट स्वाव परीक्षण भने गरिएको छैन ।

आरडीटी किट लिएर प्रदेश नं. १ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट चिकित्सकको एक टोली विहीवार झापा आएको थियो । टोली परीक्षणका लागि मेची अञ्चल अस्पताल र तीन वटा क्वारेन्टाइनमा पुगेको थियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयविन्द्र यादवले झापाको भद्रपुरस्थित कलवलगुडी, मेचीअञ्चल अस्पतालको आइसोलेसन, मेचीनगरको धाइजन र आदर्श माविको क्वारेन्टाइनमा बसेकाहरुको ४९ जनाको स्वाबको नमुना र आरडीटी गरिएको थियो ।

लकडाउनका कारण विस दिनदेखि काँकरभिट्टाका विभिन्न होटलमा बसेका ५६ जना यात्रुको शुक्रबार र्या्पिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वारी पौडेलले बताए ।

यात्रुहरु काँकरभिट्टा स्थित लामा होटलमा १२, मयुरमा ५, देउरालीमा ३, झापाली गेष्ट हाउसमा १८, मुनालमा २, आंसिमा ९, अर्किटमा ४, शर्मामा २, कामरुपमा ३ र हलेसी होटलमा ८ जना ६६ जना यात्रु रहेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले बताए ।

नेपालका पश्चिमबाट आएर काँकरभिट्टाका होटलमा बसेका अधिकांश बाजुरा, दैलेख, धादिङ, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, मौली, काठमाडौँ र भारत लगायतका छन् ।

६६ जनामध्ये ५६ जनाको मात्र आरडीटी टेष्ट भएको उनले बताए । बाँकीको किट अभाव कारण रगत परिक्षण हुन सकेन ।

ओमनबाट आएर होम क्वारेन्टाइनमा बसेका मेचीनगरका एक जनाको आरडीटी टेष्ट गरिएको नगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले जानकारी दिए । उनको पनि रगत परिक्षण गर्दा नेगेटिभ भेटिएको निमित्त प्रमुख पौडेलले बताए ।

सरकारले १४ दिन पुगेका क्वारेन्टाइनमा बसेकाहरुलाई लक्षित गरेर जिल्लामा स्वास्थ्य कार्यालय मार्फत आरडीटी र स्वावको नमुना टेष्ट गरिँदै छ ।

धेरै दिनदेखि काँकरभिट्टाका होटलमा भारत र नेपालका यात्रु बसिरहेकाले प्रमुख जिल्ला अधिकारी उदय रानाको निर्देशनमा ५४ जनाको मात्र गर्नु भन्ने जानकारी अनुसार आरडीटी टेष्ट गरिएको स्वास्थ्य कार्यालय झापाका सरुवा रोग नियन्त्रण शाखाका फोकल पर्सन जीवन चौँलागाार्ईले जानकारी दिए ।

१५ वटै स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिको आरडीटी तथा स्वावको नमुना परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: