होटलमा युवती बन्धक बनाउने पक्राउ

  प्रकाशित मिति
१५ पुष २०७२, बुधबार १३:०८


झापा, १५ पुस । मानव बेचबिखन तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९ निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका – १४ निवासी २३ वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड लजको १०२ नं कोठामा एक युवतीलाई बन्धक बनाई राखेको गोप्य सूचनाको आधारमा छापा मारी युवतीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

युवतीलाई बन्धक बनाउने कार्यव्रmममा संलग्न होटल सञ्चालकसमेत रहेका मनिष र सोही होटलमा काम गर्ने अन्य दुई जनालाई पनि प्रहरीले पव्रmाउ गरेको इप्रका बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको बताइएको छ ।
बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि उद्धार गरेको जनाइएको छ ।

युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पव्रmाउ गरेपछि मात्र उनीहरूलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: