होटल क्वारेन्टाइन : चौध दिनका लागि २८ हजारदेखि एक लाख शुल्क

  प्रकाशित मिति
२९ जेष्ठ २०७७, बिहीबार १४:४९


झापा, २९ जेठ । सरकारले विदेशबाट घर फर्केकाहरुलाई सशुल्क क्वारेन्टाइनका लागि होटलमा बस्न पाउने व्यवस्था मिलाएको छ । तर क्वारेन्टाइनमा बस्दा लाग्ने शुल्क सुन्दा नै बल्लतल्ल स्वदेश आइपुगेकाहरु बेहोस नहोलान् भन्न सकिन्न ।

होटल क्वारेन्टाइनमा एउटा व्यक्तिले १४ दिन अवधिका लागि कम्तीमा २८ हजार रुपैंयादेखि बढीमा १ लाख १२ हजार रुपैंयासम्म तिर्नुपर्छ । दम्पत्तिले कम्तीमा ४९ हजार रुपैंयादेखि बढीमा १ लाख ५४ हजार रुपैंया तिर्नुपर्छ ।

सरकारले बनाएका स्थानीय क्वारेन्टाइनमा बस्ने खाने सुविधा राम्रो नभएको व्यापक गुनासो आएसँगै सरकारले ‘पेड–क्वारेन्टाइन’ स्वरुप होटलमा बस्ने व्यवस्था गरेको हो । यो सुविधा पहिलोपल्ट काठमाडौंमा मात्र उपलब्ध छ ।

यसका लागि होटल एशोसिएसन अफ नेपालसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४७ वटा होटलको सूची सार्वजनिक गरिसकेको छ ।

जसअनुसार ३ वटा चारतारे, ९ वटा तीनतारे, दुईवटा दुईतार, एउटा एकतारे डिलक्स होटल, ५ वटा एकतारे र २७ वटा पर्यटक स्तरका होटलहरु छन् । एउटा होटल पर्यटक स्तरको भए पनि चारतारे होटलको सुविधा समेत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसरी तोकिएका होटलहरुको बसाइ सस्तो भने छैन । मूल्य अनुसार ४ तारे होटलमा प्रतिदिन व्यक्तिगत र दम्पत्तिका लागि क्रमशः ८ हजार र ११ हजार रुपैंया, तीनतारेमा लागि ६ हजार र १० हजार, दुईतारेका लागि ५ हजार र ७ हजार, एकतारेका लागि ४ हजार र ५ हजार तथा पर्यटक मापदण्डका होटलका लागि प्रतिदिन २ हजार र ३५ सय रुपैंया शुल्क लिइनेछ । यो खाना र बसाइसहितको लागत हो ।

उक्त शुल्क अनुसार एउटा व्यक्तिले १४ दिनको क्वारेन्टाइन अवधिका लागि कम्तीमा २८ हजार रुपैंयादेखि बढीमा १ लाख १२ हजार रुपैंयासम्म तिर्नुपर्छ । दम्पत्तिले कम्तीमा ४९ हजार रुपैंयादेखि बढीमा १ लाख ५४ हजार रुपैंया तिर्नुपर्छ ।

सरकारले विदेशबाट आएका नागरिकलाई आफ्नै जहाज खर्च र आफ्नै क्वारेन्टाइन खर्चमा ‘उद्दार’ गर्न लागेको हो । तर त्यसरी तिरेर बस्न नसक्ने तर स्वदेश फर्किन चाहनेलाई जहाज खर्च तिराएर साधारण क्वारेन्टाइनमा राख्नसक्ने व्यवस्था समेत गरिएको छ ।

हानकी अध्यक्ष सिर्जना राणाले यो शुल्क सामान्य शुल्कभन्दा निकै सस्तो रहेको भन्दै सेवाभावले ‘ब्रेक इभेन’ मूल्यमै होटलहरु उपलब्ध गराएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: