होमवर्क नगरेको भन्दै कुटपिट

  प्रकाशित मिति
९ चैत्र २०७४, शुक्रबार १२:४४


मेचीनगर । मेचीनगर–५ स्थित ग्रीन भिलेज इङ्लिश स्कुलमा कक्षा १ मा अध्ययनरत् ६ वर्षका दिप्सन राउतलाई होमवर्क नगरेको निहुँमा एक शिक्षकले नीलडाम बस्नेगरी कुटपिट गरेका छन् ।

शिक्षक प्रवेश निरौलाले बुधवार विद्यालयमै दिप्सनलाई कुटपिट गरेका थिए । कुटपिटका कारण दिप्सनको ढाडभरि नीलडाम बसेको छ ।

अभिभावकले कुटपिटका विषयमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय काँरकभिट्टाले विहीवार शिक्षक प्रवेशलाई अनुसन्धानका लागि विद्यालयबाटै नियन्त्रणमा लिएको डीएसपी टङ्कप्रसाद भट्टराईले जानकारी दिएका छन् । पीडित परिवारले दिएको उजुरीका आधारमा शिक्षक प्रवेश विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको उनले बताए ।

दिप्सनका हजुरबुवा वृखबहादुर राउतले विहीवार विहान दिप्सनलाई नुहाइदिदा कुटपिटको नलिडाम ढाडभरि फेला पारेको बताए ।

दिप्सनले शिक्षकको डरले घरमा समेत कुटपिटको घटना नसुनाएको हजुरबुबा वृखबहादुर बताउँछन् ।

इलाका प्रहरी कार्यालयमा ल्याइएका शिक्षक प्रवेश निरौलाले नियतवश नभएर विद्यार्थीलाई होमवर्कका बारेमा सम्झाउने क्रममा सामान्य कुटपिट गरेको स्वीकार गर्दै यस बारेमा आफुले पीडित पक्षसँग क्षमा माग्न चाहेको बताए ।

स्कुलका संस्थापक हरि बुढाथोकीले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही गर्ने बताए । ‘उसले (प्रवेश) नगर्ने काम गरेकै हो, गल्ती भएको छ,’ बुढाथोकीले भने, ‘एक दुई दिनभित्रमा उनलाई निष्कासित गर्छौँ ।’

बुढाथोकीले पीडित नानीको औषधि उपचार गरिदिने र घटनाको विषयमा अभिभावकसँग छलफल गर्ने समेत बताए ।
विद्यार्थीलाई कुटेर र तर्साएर पढाउन नहुने बताउँदै उनले आफ्नो शिक्षकबाट गम्भीर गल्ती भएको स्वीकारे । शिक्षक प्रवेशले चार वर्षदेखि सो विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: