होराइजनकी ‘शैक्षिक योजनाकार’ साबित्री

  प्रकाशित मिति
२३ फाल्गुन २०७४, बुधबार २१:११


सावित्री सापकोटा अधिकांश समय विद्यालयमै भेटिन्छिन् । मेचीनगरकै उत्कृष्ट निजी विद्यालय इस्ट होराइजन मावि धुलाबारीकी उनी निर्देशक तथा प्रशासन प्रमुख हुन् ।

कुशल शैक्षिक योजनाकारको पहिचान बनाएकी उनले सिङ्गो विद्यालयको जिम्मेवारी मात्र सम्हालिरहेको छैनन्, शैक्षिक गुणस्तर अझ कसरी बढाउन सकिन्छ भनेर हरसमय योजना बनाइरहन्छिन् ।

२०४६ सालदेखि शैक्षिक क्षेत्रमा समर्पित भएर लागेकी उनको प्रयासबाट नै इस्ट होराइजन मावि यहाँसम्म आइपुगेको हो भन्दा फरक पर्दैन ।

पढाइसँगै थुप्रै क्षेत्रमा अब्बल होराइजनले अभिभावकको विश्वास जित्न सफल भइरहेको छ । सो विद्यालयमा १ हजार ६ सय ५० जना विद्यार्थी पढ्छन् ।

सानैदेखि शैक्षिक क्षेत्रमा लागेर केही गरौँ भन्ने सोच पलाएको थियो उनमा । त्यो बेलाको सपना उनले पूरा मात्र गरिनन्, एउटा कुशल प्रशासन प्रमुखको भूमिका निर्वाह गर्न उनी सफल भएकी छिन् ।

‘सानो छँदा म स्कुल नै खोल्छु भनेर सोचिरहन्थे’, निरन्तर २६ वर्षदेखि विद्यालय प्रशासनको जिम्मेवारी सम्हाल्दै आएकी सावित्री विगत सम्झिँदै भन्छिन्–‘आज खुशी लागेर आउँछ ।’

उनको कुशल नेतृत्व र योजनाले नै विद्यालय यहाँसम्म आइपुगेको प्रिन्सिपल सन्जिव राईले बताए ।
‘हाम्रो हरेक योजनालाई गाइड गर्ने काम उनकै हुन्छ’, प्रिन्सिपल राईले भने–‘स्कुल जहाँ छ, त्यसमा उनको योगदान छ ।’
विद्यार्थीको पढाइमा निरन्तर चिन्ता र चासो देखाउने सावित्रीको महिला अधिकारप्रति पृथक तर्क छ । उनी नारीहरुले बाहिर मात्र अधिकार खोजेर नपुग्ने बताउँछिन् । प्रत्येक नारीहरुले आफैँ र आफ्नै घरबाट पनि परिवर्तन खोज्नु पर्ने बेला आएको उनको भनाई छ ।
‘महिला आफैँ अग्रसर हुनुपर्छ’, उनले भनिन्–‘महिला पुरुष भनेर विभेद गर्ने जुन परम्परा छ, आफ्नै घरबाट अन्त्य गर्न जरुरी छ ।’
उनले आमाको नामबाट जारी गरिने नागरिकताको झन्झटिलो प्रव्रिmयालाई अन्त्य गर्नुपर्ने समेत बताइन् ।
‘हामी कानुनका कुरा गर्ने अनि कार्यान्वयन नगर्ने हो भने कसरी परिवर्तन सम्भव हुन्छ ?’, उनी भन्छिन्–‘त्यसैले यस्ता विभेद हटाउन हामी महिला अग्रसर हुनैपर्छ ।’
……………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: