होराइजन रजत महोत्सव मनाउँदै

  प्रकाशित मिति
१३ भाद्र २०७३, सोमबार १३:२६


e 6मेचीनगर । शैक्षिक गुणस्तरमा अग्रणी ठहरिदै आएको मेचीनगरको इस्ट होराइजन अङ्ग्रेजी उच्च माविले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको छ ।

२०४८ सालमा नर्सरीदेखि कक्षा २ सम्मका ९२ विद्यार्थीलाई पढाउन सुरु गरेको इस्ट होराइजनमा हाल एक हजार ५ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विद्यालयको रजत महोत्सवको आइतवार एक समारोहविच झापाका जिल्ला शिक्षा अधिकारी डिल्लीप्रसाद लुइँटेलले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।

‘शैक्षिक सफलताका २५ वर्ष पूरा गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ’, रजत महोत्सव उद्घाटनका अवसरमा मन्तब्य व्यक्त गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले भने–‘यो सफलतामा धेरै महानुभावहरूको सहयोग छ, उहाँहरूप्रति यस क्षणमा म हार्दिक कृतज्ञता अर्पण गर्दछु ।’

e 4प्रिन्सिपल राईका अनुसार इस्ट होराइजनले २०५७ सालदेखि एसएलसीमा सहभागिता जनाउन थालेको थियो । त्यसयता शतप्रतिशत सफलताको गौरवमय परिणामबाट विद्यालयले कहिल्यै पछाडि फर्कनु नपरेको उनले बताए ।

२०६५ सालदेखि विद्यालयमा कक्षा ११ र १२ को कक्षा समेत सुरु भएको हो । इस्ट होराइजनमा पढेका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, एयर होस्टेज, पत्रकार, सिने नायक र नायिका लगायत सेना र प्रहरीको उच्च तहसम्म पुगिसकेको प्रिन्सिपल राई बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको सभापतित्वमा भएको महोत्सव उद्घाटन कार्यक्रममा जिशिअ डिल्लीराम लुइँटेल र एन प्याब्सनका केन्द्रीय अनुशासन समितिका सदस्य जयबहादुर श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

e 1कार्यक्रममा इस्ट होराइजनको निर्देशक सावित्रा सापकोटा, एन प्याब्सन झापाका उपाध्यक्ष अग्नी कोइराला, धुलावारी उमाविका अध्यक्ष गणेशविक्रम नेम्वाङ, नेपाल भलिवल सङ्घका उपाध्यक्ष लेखनाथ पराजुली, नेपाल बैङ्क लिमिटेड धुलावारीका प्रबन्धक सचिनचन्द्र कर्ण, नेपाल शिक्षक महासङ्घ झापाका अध्यक्ष तेजप्रसाद चौलागाइँ, शारदा शिशु सदनका प्रिन्सिपल कुलदिप मुखिया, सुप्रभा बोर्डिङ स्कुलका प्रिन्सिपल जीवन कट्टेल, सेन्ट जेभियर्सका प्रिन्सिपल फादर म्याखी, सीताराम सामुदायिक स्कुलका प्रिन्सिपल राजेश निरौला, नाम्वीन स्कुलका प्रिन्सिल प्रेम शेर्मा, लिटल फ्लावर्स अङ्ग्रेजी स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक एलपी शर्मा, नेपाल मुस्लिम सङ्घ झापाका अध्यक्ष शेख अमिन अली, नेपाल बास्केटवल सङ्घका झापाका अध्यक्ष प्रकाश लिङ्देन, रामघाट सेवा समिति धुलावारीका अध्यक्ष ललित बोहोरा, पत्रकारहरू मोहन काजी, ज्ञानेन्द्र निरौला, हिमाल खरेल, अम्बिका भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

e 3उद्घाटन अवसरमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले रजत महोत्सवमा जिल्लास्तरीय बास्केटवल र भलिवल प्रतियोगिताको आयोजना गरेको छ । कार्यक्रमको सञ्चालन प्लस टु इन्चार्ज रेखा क्षेत्रीले गरेकी थिइन् ।

आइतवार भएको पहिलो दिनको बास्केटवल प्रतियोगितामा विर्तामोडको इडन गार्डेनलाई इस्ट होराइजनले १४–२, १०–५, १३–५ र ४–५ को सेटमा हराउँदै विजयी बनेको छ ।

अर्को खेलमा विर्तामोडको लिटल फ्लावर्सले सुरुङ्गाको हरिकूल माविलाई १२–१४, १५–२, १२–२ र २४–८ को सेटमा हराउँदै विजयी बनेको छ ।

e 7यसैगरी, भलिवलतर्फको पहिलो खेलमा इस्ट होराइजनले २४–२५, २५–२० र २५–२३ को सेटमा सरस्वती माविलाई हराउँदै विजेता बनेको छ भने अर्को खेलमा धुलावारी उमाविले वाकओभरमा कनकाई मावि विर्तामोडलाई जितेको छ ।

e 5(लोकतन्त्र पोस्टमा २०७३ भदौ १३ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: