धुलावारी । होलिबेल अङ्ग्रेजी सेकेण्डरी स्कुल धुलाबारीले दुईसाताको अवधिमा नृत्यतर्फ दोहोरो ह्याट्रिक गरेको छ ।
प्याव्सन झापाको स्थापना दिवसको अवसर पारेर दमकमा आयोजना गरेको जिल्ला स्तरीय नृत्य प्रतियोगितामा लोक, आधुनिक र राष्ट्रिय विधाका तीनवटै होलिबेलले तेस्रो स्थानमा हयाट्रिक गरेको हो ।
संयोग कस्तो छ भने पुस ५ र ६ गते क्षेत्र नम्बर ३ ले बाहुनडाँगीमा आयोजना गरेको नृत्य क्षेत्रीय नृत्य प्रतियोगितामा प्रथम स्थानमा होलिबेलले ह्याट्रिक गरेको थियो । तिनै छनोट भएका नृत्यलाई जिल्ला स्तरका लागि प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा तिनवटै नृत्य तेस्रो भए ।
विद्यालयका संस्थापक प्रिन्सिपल अणु प्रधानले आफ्नो विद्यालयबाट सहभागी सबै नृत्यले तेस्रो स्थान हासिल गरेकोमा नृत्यकार विद्यार्थीलाई धन्यवाद दिए । साथै, उनले यो सफलताले थप उत्साह मिलेको बताए ।
विद्यालयकी इन्चार्ज अमृता प्रधानले विद्यालयले यो वर्ष पाएको नतिजामा खुशी व्यक्त गर्दै विद्यार्थीको पढाइसँगै चौतर्फी विकास गर्न विद्यालय निरन्तर लाग्ने बताइन् ।
जिल्लामा तेस्रो भएपछि विद्यालयले मङ्गलवार विजय उत्सव मनाएको छ । विद्यालयका प्रिन्सिपल, निर्देशक, शिक्षक, विद्यार्थी तथा नृत्यकारसहितको टोलीले बिहान धुलावारी बजार परिक्रमा गरेका थिए ।
फुलमाला र अबिरसहित बजार परिक्रमा गरी उनीहरुले बजारमा २ वटा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयमा पुगेर सबै विद्यार्थी तथा शिक्षकलाई बधाइ दिँदै प्रिन्सिपल प्रधानले कार्यक्रम समापन गरेका थिए ।