होलिबेलको शैक्षिक प्रदर्शनी

  प्रकाशित मिति
१३ फाल्गुन २०७४, आईतवार १२:०५


धुलावारी । होलीबेल अङ्ग्रेजी सेकेण्डरी स्कुल मेचीनगर–६ धुलावारीका विद्यार्थीहरुले शनिवार शैक्षिक प्रदर्शनी गरेका छन् ।

विद्यार्थीहरुको आन्तरिक प्रतिभालाई उजागर गर्ने उदेश्यका साथ विद्यालयले शैक्षिक प्रदर्शनीको आयोजना गरेको थियो । प्रदर्शनीमा कक्ष कक्षा ४ देखि १० सम्मका ५ सय भन्दा बढी विद्यार्थीहरुले हस्तकला, चित्रकला, विज्ञान सामाग्री निर्माणलगायतका सामाग्रीहरु प्रदर्शन गरेका थिए । उनीहरुले ज्वालामुखी, हेलिकप्टर, भ्याकु, भ्याकुम क्लिनर, ड्रोन, ढुङ्गा, कागजमा विद्यालयको चित्र, धरहरालगायतका दर्जनौ सामाग्री निर्मण गरेका थिए ।

विद्यार्थी ले विद्यालयको आकृतिलाई चित्रमा सफलताका सथ उतार्न सफल भएका थिए । साथै उनीहरुले विभिन्न प्राकृतिक दृष्यहरुलाई समेत उतारेका थिए ।

विद्यालयका प्रिन्सिपल अणु प्रधानले विद्यार्थीहरुको आन्तरिक क्षमताको विकास गर्नका लागि गरिएको यस प्रदर्शनीमा निर्माण गरिएका सामाग्रीदेखि आफु पनि चकित भएको बताए । ‘मैले कल्पनासम्म गरेको थिइन’ पिन्सिपल प्रधान भन्छन्–‘उनीहरुको इच्छा अनुसार निर्माण गरिएको सामाग्रीहरु देख्दा आफै चकित भएँ । गर्ने अवसर पाउँदा जस्तोसुकै सामाग्रीहरु पनि सहजै निर्माण गर्न सकिने रहेछ । विद्यर्थीहरुले त्यो उदाहरण पेश गरेका छन् । यस किसिमका प्रतियोगिताहरुलाई आगामी दिनमा समेत तिरन्तरता दिदैँ जानेछौ ।’

विद्यार्थी आयुषा खरेलले यस किसिमको प्रदर्शनीले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउनका लागि थप योगदान गर्ने बताउँदै अतिरिक्त क्रियाकलापमा लाग्न उर्जा प्रदान गरेको बताइन् ।

प्रदर्शनी समारोहमा विद्यार्थीहरुले विभिन्न खाने परिकारहरु समेत निर्माण गरेका थिए । साथै वर्षभरी विद्यार्थीहरुले जितेका पुरस्कार र ट्रफी प्रदर्शन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य पर्शुराम तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल अणु प्रधान, विद्यालय सञ्चालक अमृता प्रधान, उच्च मावि प्रिन्सिपल अरिस्ता प्रधान, सहायक प्रिन्सिपल सागरर शर्मा, शिक्षक सुरज कार्की, अभिभावकलगायतको उल्लेखिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: