ह्याविट्याटले दियो तीन पालिकालाई सरसफाइ सामग्री

  प्रकाशित मिति
२१ असार २०७७, आईतवार १७:०७


भद्रपुर । झापाका तीनवटा स्थानीय तहमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिरहेको युएन ह्याविट्याटले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरसफाइ सामग्री वितरण गरेको छ ।

संस्थाको ग्लोबल स्यानिटेशन फण्डअन्तर्गत झापाका कमल र गौरीगञ्ज गाउँपालिका तथा बिर्तामोड नगरपालिकालाई मास्क, स्यानिटाइजर लगायतका सरसफाइ सामग्री वितरण गरिएको हो ।

झापामा पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक सोम आचार्यले सबै स्थानीय तहमा पुगेर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको बताए ।

उहाँका अनुसार वितररित सामग्रीमा मास्क, स्यानिटाइजर, हात धुने साबुन, बाल्टी, ह्याण्ड वास, ग्लोब्स, फोहार फ्याँक्ने डस्टविन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: