ह्वील चियर पाएपछि दङ्ग

  प्रकाशित मिति
२६ बैशाख २०७५, बुधबार १०:०१


कनकाई । झापाका विभिन्न स्थानमा शारीरिक अपाङ्गता भएर कष्टप्रद जीवन बाँचिरहेका ५८ जनालाई समाज कल्याण परिषद्ले ह्वील चियर प्रदान गरेको छ ।

कनकाई नगरपालिकामा सञ्चालित पुकार अपाङ्ग अशक्त समाजको संयोजनमा १४ जना अशक्त अपाङ्गलाई मङ्गलवार समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले निशुल्क ह्वील चियर प्रदान गरेका हुन् ।

ह्वील चियर पाएसँगै उनीहरुले अब अपाङ्गहरुको दैनिकीसमेत फेरिने अपेक्षा सुनाए । ह्वील चियर पाएपछि उनीहरुले स्वरोजगार बन्नको लागि र परिवारको बोझ नरही आफैँ स्वावलम्बी हुन मद्धत पुग्ने अपेक्षा व्यक्त गरे ।

यसैगरी, परिषद्को संयोजनमा नै बिर्तामोडमा रोटरी क्लब तथा स्वावलम्बन समाजको आयोजनामा २८ जना र दमकमा दमक अपाङ्ग समाजको आयोजनामा १६ वटा ह्वील चियर वितरण गरिएको उपाध्यक्ष बरालले जानकारी दिए ।

समाज कल्याण परिषद्को आग्रहमा विदेशी सङ्घसंस्थालाई आग्रह गरेर वर्षेनी यस प्रकारका सामग्री वितरण गरिँदै आएको र हालसम्म देशका ५२ जिल्लामा १२ हजार अपाङ्गहरुलाई ह्वील चियर वितरण गरिसकिएको परिषद्का उपाध्यक्ष बरालले बताए ।

अपाङ्ग भएकाहरुले हिँड्डुल गर्नका लागि ह्वील चियर पाएपछि उनीहरुको दैनिकीमा समेत सहज भएको पुकार अपाङ्ग पुनस्र्थापना समाज कनकाईका अध्यक्ष निर्मला ओझाले बताइन् ।

अपाङ्गमैत्री नगरपालिका बनाउन तथा उनीहरुको जीवनलाई मद्धत पुग्ने गरी रोजगारी तथा अन्य सहयोग गर्न तयार रहेको कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईंले बताइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाजका अध्यक्ष पुण्यप्रसाद बाराकोटी, समाज कल्याण परिषद्का सदस्य विनोद आचार्य, झापाका महिला विकास अधिकृत उमा अधिकारी, कनकाई पाथीभरा मारवाडी समाजका अध्यक्ष अनिल गोयल लगायातले मन्दिरमा पूजापाठ र धर्म गर्नुभन्दा यस्तै अपाङ्गको सेवामा लाग्न सबैमा आग्रह गरे ।

सोही अवसरमा कनकाई नगर तथा आसपासमा भएका अपाङ्ग बालबालिका तथा बृद्धबृद्धाहरुका लागि निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: