१२ वर्षदेखि छोरोको पर्खाई

  प्रकाशित मिति
३० जेष्ठ २०७३, आईतवार ११:२४


photo

विर्तामोड । मुलुकमा १० वर्ष सशस्त्र जनयुद्ध चल्यो । २०५२ देखि २०६२ सालसम्म मुलुक द्वन्द्वकोे चपेटामा परेको थियो । परिवर्तनका खातिर नेकपा माओवादीले हतियार उठाएपछि त्यसको प्रतिकारमा सरकार उत्रियो । सत्तापक्ष र विद्रोहीबिचको द्वन्द्वमा करिव १७ हजारले ज्यान गुमाए । हजारौँ बेपत्ता भए । त्यही द्वनद्वले कयौंँ नेपाली आमाका काख रित्तिएका छन् । आज पनि वेपत्ता भएका आफ्ना छोराछोरी आउने आस उनीहरुले मारेका छैन । उनीहरुको एउटै माग छ– अपराधीलाई कार्वाही गरियोस् ।

सरकारले द्वन्द्वपीडितलाई राहत दिने प्रव्रिmया अघि बढाए पनि वेपत्ता परिवार त्यसमा सन्तुष्ट छैनन् । किनकि आफ्ना सन्तान गुमाउनुको पीडा उनीहरुले भुल्न सकेका छैनन् । त्यही भएर वेपत्ता पारिएका अझै पनि आउछन् कि भनेर बाटो हेरिरहेका छन्, उनीहरुका परिवार । गोलधाप–७ की नरमाया चम्लागाईंले आफ्नो छोरो आउने आस मारेकी छैनन् । ‘मेरो छोरो आउँछ भन्ने लाग्छ’, गहभरि आँसु पार्दै भनिन्, ‘कहाँ छ त्यो कहिले आउला ?’

नरमायाका छोरा राजेन्द्र चम्लागाईंलाई ०६१ साउन ४ गते तत्कालीन शाही सेनाले वेपत्ता पारेको थियो । काठमाडौँको एक फर्निचर कम्पनीमा काम गर्दै गरेको अवस्थामा उनलाई सेनाले पव्रmाउ गरेको थियो । तर, उनको अवस्था अझै अज्ञात छ । अर्थात् उनी वेपत्ताको सूचीमा नै छन् । उनीमात्र होइन, गोलधापकै खड्ग मोक्तानको पनि अवस्था थाहा छैन । उनकी आमा सञ्चमायाले छोरा आउने आस मारिसकेकी छन् । ‘मेरो छोरोलाई जसरी मारे त्यसरी नै ती अपराधीलाई मार्नुपर्छ,’ उनले आव्रmोस पोखिन् ।

सशस्त्र द्वन्द्वका व्रmममा आफ्ना सन्तान गुमाएका परिवारले सरकारले दिने भनेको राहतले पीडा बल्झाउने काम गरेको बताए । ‘राहतको नाममा सरकारले पीडा दिइरहेको छ, नरमायाले भनिन्, ‘कार्यव्रmममा सम्मान गर्ने अनि पीडा बल्झाउने काम बाहेक केही भएको छैन ।’ द्वन्द्वपीडितको पहिचान गर्न सरकारले गाउँस्तरीय शान्ति समिति निर्माण गरेको छ । हरेकजसो हुने कार्यव्रmममा तिनै द्वन्द्वपीडित परिवारलाई दोसल्ला ओडाएर सम्मान गरिन्छ । त्यसखाले कार्यव्रmमले न्याय दिनुको सट्टा पीडा थपिने गरेको नरमाया बताउँछिन् । उनले दोषीलाई कार्वाही नभएसम्म न्यायको अनुभूति गर्न नसकिने बताइन् ।

दस वर्षे सशस्त्र द्वन्द्वमा झापाबाट १९ जना वेपत्ता भएका छन् । राज्य र विद्रोही पक्षबाट वेपत्ता भएको शान्ति मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । स्थानीय शान्ति समिति झापामा वेपत्ता पारिएको भन्दै २५ वटा उजुरी परेको कार्यालयका प्रविर घोषले जानकारी दिए । वेपत्तामा परेकाको अवस्था अझै पनि अज्ञात नै छ । कहाँ छन् उनीहरु ? यही प्रश्न गरिरहन्छन्, वेपत्ता परिवार । सरकारले वेपत्ताको सूचीमा राखे पनि उनीहरुको हत्या भइसकेको एक जिल्लास्तरीय माओवादी नेता बताउँछन् । ‘उनीहरुको त्यसैबेला हत्या भइसकेको छ’, ती नेताले भने, ‘वेपत्ता भए अहिलेसम्म सम्पर्कमा आउनु पर्ने हो नि, खोइ त !’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: