१७औँ राष्ट्रिय धान दिवसको सार्थकता

  प्रकाशित मिति
१५ असार २०७७, सोमबार २१:४५


नेपाल कृषी प्रधान देश हो । कृषिमा पनि धान नेपालीहरुको प्रमुख बालि हो । यसपालि मनसुन समयमै सुरुवात भएको छ । केहि हप्ता अघि आकाशबाट झमझम बर्षा सुरु भएसगै“ खेतमा टम्म पानी भरिएका छन ।

धान रोप्ने चटारोले देश भरिका किसानलाई छोपेको छ । आज असार १५ दहीचिउरा खाने दिन सगै १७औँ राष्ट्रिय धान दिवस हो ।
कृषकहरुको लागि असार मुरी फलाउन मानो रोप्ने महिना हो । असारमा हिलोस“ग खेल्दै, बर्षामा रुझ्दै किसानहरु खेतमा रमाउने गर्दछन । बिउ छर्ने, खेत तयार गर्ने, आलि काट्ने, पानी मिलाउने, विउ काड्ने, बाउसे गर्ने, धान रोप्ने जस्ता क्रियाकलापको सृङ्खलाबाट धान रोपिन्छ ।
असार १५ लाई २०६२ सालदेखी राष्टिय धान दिवसको रुपमा पनि मनाइन थालियो । धान रोपाइ गर्ने तरिका र चलन ठाउ“ विषेश फरक फरक छन । तिनको सांस्कृतिक महत्व पनि फरक फरक छ । विभिन्न खालका रोचक गित संगित र निृत्य गरेर रोपाइ गरिन्थ्यो ।

यस्ता गितहरु गाएर खेत रोप्ने चलन विस्तारै घट्दो क्रममा छ । र्पुखौली पेशाको निरन्तरता गर्नेदेखि बाहेक समग्रमा कृषि पेशा गर्ने युवा जमात निकै कम भएका छन् ।

एउटा कारण सामन्तवादको अन्त्य हुँदै जानु पनि हो । केहि दशक अगाडिसम्म जमिन मुख्य उत्पादनको साधन थियो । त्यतिबेला केहि सीमित मान्छेको हातमा जमिन थिए । देशका बिभिन्न भागमा रैथाने जनजातीहरुले ठुला ठुला जमिन फाडेर तयार पारेको खेतियोग्य जमिन धेरैजसो राणा, राजा माहाराजा, मुख्या माहाजनहरुले विर्ताको रुपमा बाढेर भोकचलन गरे । जसले गर्दा धेरै समुदाय र जातिका मान्छे जमिन हिन भए ।

राजा महेन्द्रको पालामा आएको मुलुकी ऐनसगै“ प्रबिधीको विकासले अन्य रोजगारीका बाटाहरु खोलेसगै“ नागरिकसग“ जमिन पुग्यो । तर, अझ पनि धेरै नागरिक भुमिहिन सुकुमबासीको जिवन बिताउन बाध्य छन ।

त्यती बेला जमिनदारले आफ्नो ठुला ठुला खेतहरु रोप्न ज्यालादारी श्रमिकहरु प्रयोग गर्दथे, बाजा गाजा बजाउँथे, रोपाई सकेर घरमा आउदा खुसि भएर पैसा बाढ्थे । सांस्कृतिक रुपमा यसको महत्व भएपनि यो चलन सामन्तवादको एउटा प्रतिक हो ।

अर्को कारण पुँजीवादको विकास हो । २०४६ सालको जनआन्दोलन पश्चातको सरकारहरुले नवउदारवादको नीतिलाई अनुसरण गर्यो । यसले समेत श्रमजिवि र मजदुर वर्गको लागि रोजगारी पाउने धेरै ढोका खुले । कृषिसग“को निर्भरता घट्यो र उद्योग व्यवसायको पनि विकास भयो ।
योसगै“ बैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्नु, सेवा क्षेत्रको विस्तार, कृषी पेशालाई हेरीने दृष्टिकोण, समय अनुरुप कृषिपेशामा सरकारको कम लगानि र समय अनुकुल प्रविधिमैत्री हुन नसक्नु केहि कारणहरु हुन । साथै कृषि र कृषिजन्य गतिबिधिले व्यवहारिक र औपचारीक शिक्षामा खासै महत्व र स्थान नपाउनु प्रमुख कारणहरु हुन ।

धान नेपालको मुख्य बाली हो । नेपालको अधिकांश क्ष्ंोत्रमा धान खेती गर्ने गरिन्छ । नेपालमा खेति गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान रोप्ने गरिन्छ । तर, विगतमा धान निर्यात गर्ने गरेको नेपाल आज बर्षैनि अरबाँैको चामल आयात गर्नु परिरहेको छ । कुल धान खेती हुने क्षेत्रको २१ प्रतिशत क्षेत्रमा मात्र सिँचाईको व्यवस्था छ । धान रोप्न आकाशे पानीको भरपर्नु पर्ने बाध्यता किसानलाई छ । किसानहरु सिँचाइको मात्र नभएर अनेकौँ समस्याहरुले ग्रस्त छन ।

जसोतसो धान रोपेको केहि समयमा किसानलाई फेरी मलको समस्याले सताउछ । सरकारले स्थानिय श्रोत साधनको प्रयोग गरी खेतीयोग्य जमिन उर्बर बनाउने, एक अर्को उत्पादन शक्ति बढाउने बालि कसरी मिलाएर लगाउने, माटोको परिक्षण जस्ता कार्यक्रम प्रयाप्त मात्रामा ल्याउन सकेको छैन ।

सरकारले अनुदान दिएर उपलब्ध गराएको मल समेत पहुँच र कागजी प्रकृयाको झन्झटले आम किसानमा नपुग्दै मिलाउन जान्ने विचौलियाको हातमा पर्न जान्छ । जसले गर्दा खेतिकिसानी नै मुख्य आयास्रोत हुने परिवारलाई जिविकोपार्जनमा समस्या ल्याउनुको साथै उनीहरुमा नैराश्यता जन्माउछ ।

परिवारको लालनपालन, छोरा छेरीको शिक्षा दिक्षा र स्वास्थ्य उपचारका निम्ति धौ धौ हुन्छ जसले उनीहरुलाई कृषिपेशा गर्न हतोत्साहित बनाउदै कृषि पेशाबाट अलग्याउछ ।
बिउ छर्नेदेखि लिएर बाली भित्राउने प्रकृयासम्म जमिनलाई उर्जा र पसिनाले सिंचित गर्ने किसान बजारीकरण गर्ने समयमा फेरी मारमा पर्छन । उनीहरुको मिहेनत, पसिना र लागतको मोल उठाउन समेत हम्मे हम्मे पर्छ । विचौलिया रमाउने अनि किसान मर्कामा पर्ने गलत थिती स्थापित भईरहेको छ ।

आफुलाई सर्वहारा जनताको प्रतिनिधी भन्ने कम्युनिष्ट पार्टीको बहुमतको सरकारले किसानलाई सहज हुने गरिको नीति तथा कार्यक्रम ल्याउनु पर्छ । भाषण र घोषणा पत्रमा मात्र सर्वहाराको कुरा गर्ने र व्यवहारमा एनसेल, ओम्नी जस्ता प्राईभेट कम्पनीको पक्षपोशण गर्ने चलनले सरकारमा रहेका कम्युनिष्टहरुको चरित्र उदाङ्गो पारिदिएको छ ।

सर्वहारा जनताको सरकारले भुमिहिन नागरिकलाई जमिन प्रदान गर्ने कानुन यथाशिघ्र बनाएर कार्यन्वयन गर्न पर्छ । साथै घरेलु, साना र ठुला उद्योगलाई चाहिने कच्चा पदार्थ उत्पादन गर्ने कृषि क्षेत्रलाई सरकारले सहज र योजनाबद्घ रुपमा अघि बढाउन सक्नु पर्छ । कृषि पेशालाई सम्मानित बनाउन समेत सरकारले शैक्षिक क्षेत्र देखि नीति निमार्ण तहसम्म जोड दिन पर्छ ।

असार १५ लाई दही चिउरा खाने र किसानको खेतमा गई कुटो–कोदालो समात्ने, फोटो खिचाउने जस्ता कार्यगरी धान दिवस मनाएर रमाउने दिनमात्र नबनाइयोस । यस्तोे गर्नु भन्दा पहिले किसानलाई कृषिपेशामा संलग्न भई बर्षको ३६५ दिन रमाउने वातावरण बनाउने दिशातर्फ लाग्नुपर्छ ।

त्यस पश्चात खेतमा गई किसानहरुसग“ धान रोप्दै फोटो खिचाउनुको सान्दर्भिकता र बेग्लै मज्जा लिन सकिन्छ । सबैले आ–आफ्नो ठाउ“बाट कृषि पेशालाई सम्मानित पेशा बनाउन प्रयास गरिनु पर्छ । राजनीतिक दल र नेताहरुले खेतमा गएर हिलो खेल्ने, भाषण गर्ने मात्र हैन, योसगै“ कृषिमुखी नीति नियम, सिँचाईको प्रवन्ध, विउविजन, मल र बजारको व्यवस्थापनमा भुमिका खेल्न पर्छ ।

अभिभावक, शिक्षक र समाजले बालबालिका, किशोर र युवा विद्यार्थीलाई समेत कृषिपेशा सम्मानित पेशाको रुपमा बुझाउन, पढाउन, सिकाउन र व्यवहारमा झल्काउन समेत निरन्तर प्रयत्न गरिरहनु पर्दछ ।

घरपरिवार, समाज र राष्ट्रले श्रमको सम्मान गर्दै कृषि क्षेत्रमा आधुनिकिकरण, यान्त्रीकिकरण र प्रविधिमैत्री बनाउदै देशव्यापी रुपमा आधुनिक कृषि क्रान्तिको सुरुवात गरौँ ।

लेखक ः विनय कार्की

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: