१८ महिलासहित ३० ले गरे रक्तदान

  प्रकाशित मिति
४ भाद्र २०७३, शनिबार १७:४१


14045235_10210145641580009_501192244_o

भद्रपुर  । परिवर्तनका लागि महिला भद्रपुरको आयोजनामा गरिएकोे रक्तदान कार्यक्रममा १८ जना महिलासहित ३० जनाले रगत दान गरेका छन् ।

वर्षायामसँगै झापाको रक्त सञ्चार केन्द्र भद्रपुरमा रगतको अभाव देखिएपछि शनिबार परिवर्तनका लागि महिलाले भद्रपुर नगरपालिकाको संयुक्त वडा कार्यालय चन्द्रगढीमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा हालसम्मकै महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियोे । रक्तदान कार्यक्रमलाई रेडक्रस झापाले प्राविधिक सहयोग गरेको थियो ।

संस्थाकी अध्यक्ष राधा खनालको सभापितत्व एवम् प्रमुख महिला बिकास अधिकृत इन्दिरा ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ५२ पटक रक्त दान गरेका सामाजिक अभियन्ता जीवन श्रेष्ठ, एमालेका युवा नेता अशारू राजबंशि, एकल महिलाकी अध्यक्ष रेखा अधिकारी, समाजसेवी सालिग्राम नेपाल ५० पटक रक्तदान गरेमा रमेश न्यौपाने, लगायतले बोलेका थिए ।

पुष्पा पोख्रेल न्यौपानेले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष सरमिला घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: