२० वर्ष कैद सुनाइएका व्यक्ति २३ वर्षपछि पक्राउ

  प्रकाशित मिति
१ आश्विन २०७७, बिहीबार १३:१०


मेचीनगर, १ असोज । बाँकेमा २० वर्ष कैद सजाए सुनाइएका व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन् ।

खजुरा गाउँपालिका–८ रनियापुरका ३८ वर्षीय आजात खाँलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले यही भदै २८ गते खाँलाई घरबाटै पक्राउ गरेको थियो ।

उनी २०५४ फागुन ७ गते भएको साविकको रनियापुर गाविस–८ का नुर सलाम खाँको हत्यामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आजात लगायतका व्यक्तिहरुले रनियापुर स्थित चमकदारपुरमा नुरको छातीमा गोली हानी घाँटी रेटेर हत्या गरेका थिए । सोही घटनामा अदालतले दोषी ठहर गर्दै उनलाई सजाय सुनाएको थियो ।

उनी लगायतका व्यक्तिलाई जिल्ला अदालत बाँकेले २०७२ असोज १७ गते २० वर्ष कैद सजाय फैसला गरेको थियो ।

(अनलाइन खवर)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: