२,२६५ प्रहरी कारवाहीमा

  प्रकाशित मिति
२५ भाद्र २०७५, सोमबार १२:३५


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ ।
प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारवाही गरेको हो ।

कारवाही परेकामध्ये २७२ नोकरीबाट हटाइएको, आठ जनालाई बर्खास्त गरेको, एक हजार २२७ लाई नसिहत दिइएको, १८९ को ग्रेड रोक्कास गरिएको छ । त्यस्तै १५ लाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ ।

कारवाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३, प्रहरी हबल्दार ४००, प्रहरी सहायक निरीक्षक १४४, प्रहरी नायब निरीक्षक ८७, प्रहरी निरीक्षक २१, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी उपरीक्षक चार र प्रहरी वरिष्ठ उपरीक्षक दुईजना छन् । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री गैर व्यावसायिक कार्य, कार्यसम्पादन लापरवाही र अनुसाशनहिन काम गरेका प्रहरी कर्मचारीलाई कारवाही गरिएको जानकारी दिए ।

“सङ्गठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्ने जो कोही कारवाहीमा पर्नसक्छ,”– उनले भने । हाल नेपाल प्रहरीमा ७५ हजार बढी प्रहरी जवानदेखि अधिकृतसम्म कार्यरत छन् जसमध्ये छ हजार हाराहारीमा महिला छन् । हाल नेपाल प्रहरीको सङ्गठन केन्द्रदेखि स्थानीय तहसम्मै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: