२७ सय विगाहा भन्दाबढी कटान

  प्रकाशित मिति
१३ श्रावण २०७६, सोमबार ०८:५३


अर्जुन कार्की
मेचीनगर । झापा र इलाम जिल्लाको सीमा क्षेत्रको चुरे विनाश बाढीको प्रमुख कारण हो भन्ने पुष्टि भएको छ । चुरे क्षेत्रमा विगत बाँस प्रशस्तै हुन्थ्यो । बाँसका जराले माटो बग्नबाट रोक्थ्यो, पानी सोझउथ्यो । अचेल चुरेमा बाँस देखिँदैन, वन फँडानी पनि उस्तै छ ।

ढुङ्गा, गिट्टी र खस्रो बालुवा त क्रसर उद्योगीले देख्नै हुँदैन । अर्जुनधारा नगरको विरिङ्, दमकको रतुवा, मेची पुल, निन्दा पुल खोलाको किनारमा क्रसर उद्योगीले गरिरहेको मनपरी यसको उदाहरण हुन । ‘पानी सोस्ने र वेग रोक्ने अवरोध बाँकी नहुँदा चुरे क्षेत्रमा परेको पानी बस्तीसम्म पुग्न धेरै समय पर्खिरहनु पर्दैन ।

चुरेको फेददेखि दक्षिणसम्म पसारिएको भावरमा दुई दशक अघिसम्म रुखविरुवा प्रशस्तै थिए । बाक्लो घना जङ्गल र अन्य चुरेबाट बगेर आउने पानीको वेग रोक्ने सामार्थले माटो खोलामा जान दिँदैनथ्यो । छानिएको पानी विस्तारै खोलासम्म पुग्थ्यो ।

उक्त क्षेत्रमा थुप्रिएको बालुवाले सोसेर राखेको पानी जमीन मुनीमुनी बग्दै दक्षिणका बस्ती छेउ मूल फुट्थ्यो, जरुवा रसाउँथ्यो । सिँचाइ र खानेपानीको गर्जो केही महीनाका लागि टर्ने गर्थ्यो ।

उहिले वर्षामा मानिस रमाउँथे अहिले वर्षा लाग्नासाथ झापाका जनता पुपुरोमा हात राखेर बस्छन् । गतवर्षको जस्तो ठुलो धनजन क्षति नहोस भनेर पार्थना गर्छन् ।

सडक, घर तथा जताततै जग्गा प्लटिङ्, बढ्दो जनसङ्ख्याको चाप, पूर्वपश्चिम राजमार्ग र अन्य सहायक मार्ग वरपर बढेको बस्तीले चुरे क्षेत्रमा पारेको दबाब र चुरे क्षेत्रको अत्यधिक दोहन नै अहिलेको विनाशको मुख्य कारण हो भन्ने पुष्टि जल तथा मौसम पुर्व अनुमान महाशाखाले पनि गरीसकेको छ ।
‘चुरे क्षेत्रको संरक्षण र बेलैमा पानीको जोहो व्यवस्थापन गर्न सकियो भने मात्रै पनि बाढी र डुबानको समस्या धेरै कम हुने आशा गर्न सकिन्छ । चुरे विनाशकै कारण यसपटक पनि वर्षासँगै आएको बाढीले त्यो नियती फेरी दोहोर्याएको छ ।

झापामा असार अन्तिम सातादेखि साउन महिनाको दोस्रो सातासम्म अविरल रुपमा वर्षासँगै आएको बाढीले ठुलो जनधनको क्षति पुगेको छ ।

खोलामा डुवेर, पौडी खेल्दा, बगाएर, बाढी लगायतका कारण झापामा ७ जनाको मृत्यु र १ जना वेपत्ता भएका छन् । तर, रेडक्रस झापाको दावी बेग्लै छ । रेडक्रसका अनुसार ३ जनाको मृत्यु र १ जना वेपत्ता मात्र भएको पुष्टि गरेको छ ।

त्यस्तै बाढीकै कारण ९६ घरका परिवार पुर्ण विस्थापित, ६५५ घर परिवार प्रभावित, ७ वटा घरमा पुर्ण क्षति र ५४ घरमा आंशिक क्षति भएको रेडक्रस झापाका फोकल पर्सन हरिशरण खड्काले जानकारी दिए ।

खड्काका अनुसार पुर्णक्षति भएका ५ घरका परिवारलाई रेडक्रस झापाले राहत वितरण गरेको बताए । उक्त परिवारलाई ‘पुर्णक्षति घरलाई रेडक्रसको गैर खाद्य सामाग्री’ बाट कम्बल, लत्ताकपडा, भाडाबर्तन लगायतको सेट वितरण गरेको खड्काले जानकारी दिए ।

यता बाढीले किसानको बिचल्ली बनाएको छ । धान रोप्ने बेलामा मुसलधारे पानीले किसानको जनजिवननै प्रभावित बनाएको छ । ‘मानो खाएर, मुरि उब्जाउने’ बेलामा किसान आफ्नो खेतकहाँ छ भन्दै दिनरात नभनि खोलाखोलामा खेत खोज्दै हिड्दै छन् । खेतचाँहि बाढीले बगरमा परिणत गरेको छ । किसानको वषौँदेखि मेहेनत ‘बालुवामा पानी’ सरह भएको छ ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लाको ४ गाउँ पालिका र १ नगरपालिकामा बाढीले ठुलो क्षति पुर्याएको दावी गरेको छ । केन्द्रका निमित्त प्रमुख शालिकराम भट्टराईले झापाको गौरीगञ्ज, हल्दीबारी, कमल र बाह्दशी गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाका किसानको बाली र खेतीयोग्य जमिनमा बाढीले क्षति पुर्याएको बताए ।

किसानको करिव २ हजार ७ सय ४२ विगाहा १० कठ्ठा खेतीयोग्य जमिन बाढीले कटान गरेको केन्द्रले जनाउको छ । उनका अनुसार बाढील १ करोड भन्दाबढीको किसानको बाली र खेतीयोग्य जमिनमा क्षति पुर्याएको बताए ।

गौरीजञ्ज गाउँपालिका–१ र २ नम्बर वडाको २ सय ११ घर परिवारको २ हजार ६ सय ३५ विगाहा जग्गा बाढीले बटान गरेको छ भने ४ हजार ३ सय ८९ विगाहा जग्गा पुरान र ७ सय १५ विगाहा जग्गा डुवानमा परेको केन्दैले जनाएको छ ।

त्यस्तै हल्दीबारी गाउँपालिका–१ नम्बर वडाका १ सय ५० घर परिवारको ३० विगाहा जग्गा र भुतेनी सिँचाइको ३० मिटरको नहरमा क्षति पुर्याउदा ११ लाख रुपैयाँको नोक्सानी भएको छ ।

यता कमल गाउँपालिका–२ नम्बर वडाका १७ घरपरिवारको ४० विगाहा जग्गा कटानमा परेको केन्द्रले जनायो । भद्रपुर नगरपालिका–२ नम्बर वडाका १३ घरपरिवारको २२ पवगाहा जग्गा कटानमा परेको निमित्त प्रमुख भट्टराईले जानकारी दिए । उनले अर्जुनधारा नगरपालिका–५ नम्बर वडाका ९ घरपरिवारको ३३ विगाहा जग्गा बाढीको कटानमा परेको बताए ।

त्यस्तै बाह्दशी गाउँपालिका–५ नम्बरका ७ घरपरिवारको साढे चार विगाहा खेतीयोग्य जमिनमा १७ दिनको निरन्तरको वर्षासँगै आएको बाढीले कटान गरेको भट्टराईले बताए । केन्द्रका निमित्त प्रमुख भट्टराईका अनुसार बाढीले किसानको कृषिबालीमा क्षति पुग्दा करिव ४० लाख र खेतीयोग्य जमिन तथा भुतेनी सिँचाइको नहरमा क्षति पुग्दा करिव ६० लाख रुपैयाँको नोक्सानी भएको छ ।

साहयक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले दक्षिणी भेगमाबढी बाढीले क्षति पुर्याएको दावी गरे । उनले कृषि ज्ञान केन्द्र तथा स्थानीय तह मार्फत क्षतिको विवरण सम्बन्धित मन्त्रालयमा पुर्याएपछि विउ, मलका लागि किसानलाई राहत आउन सक्ने बताए । जमिनको विषयमा राहत आउन मुस्किल रहेको उनको भनाई छ ।

केन्द्रका निमित्त प्रमुख भट्टराईले सरकारले २०७४ सालमा आएको ठुलो बाढीले किसानलाई राहत दिएको बताए । ‘यसपटक सङ्घिय सरचनामा गएपछि प्रदेश सरकारलाई क्षतिको विवरण पठाउछौँ’, भट्टराईले भने–‘ राहत दिने नदिने यसपटक प्रदेश सरकारको हातमा छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: