३ सय ३५ जनाको निशुल्क आँखा परीक्षण

  प्रकाशित मिति
२८ असार २०७३, मंगलवार १८:१२


eye

चारआली । तारापुन्ज बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा एक दिने निशुल्क आँखा शिविर मंगलबार चारआलीमा सम्पन्न भएको छ ।
काँकरभिट्टा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिवीरमा ३ सय ३५ जनाले निशुल्क आँखा परीक्षण गराएका थिए । जस मध्ये २७ जनामा मोतीया विन्दु फेला परेकोले निशुल्क शल्यकृयाको लागि काँकरभिट्टा आँखा अस्पताल पठाइएको आयोजक संस्थाका अध्यक्ष लिलाप्रसाद भण्डारीले वताएका छन् ।

स्थानीय वयोवृद्ध जेष्ठ नागरिक ९३ बर्षिया कृष्ण लक्ष्मी भट्टराइ र ९५ वर्षिय देवी बहादुर खड्काले संयुक्त उद्घाटन गर्नु भएको शिविरमा निशुल्क औषधी वितरण गरिनुको साथै ६८ जनालाई सहुलियत दरमा चस्मा समेत प्रदान गरिएको आयोजक संस्थाका व्यवस्थापक मोहन अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: