३६३ विद्यार्थी एसएलसीबाट बञ्चित

  प्रकाशित मिति
११ चैत्र २०७२, बिहीबार ०५:३२


slc
चन्द्रगढी । चैत १८ गतेदेखि हुने यस वर्षको एसएलसी परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये झापाबाट ३ सय ६३ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

जिल्ला शिक्षा कार्यालय झापाले दिइएको जानकारी अनुसार एसएलसी परीक्षाका लागि आवेदन भरे पनि विद्यार्थीको हाजिरी, मृत्यु, विवाह तथा अन्यत्र बसाई सरेर गएकाले परीक्षा दिनबाट वञ्चित भएका हुन् । परीक्षामा सहभागी हुनका लागि विद्यार्थीले कम्तीमा पनि ७५ प्रतिशत विद्यालयमा हाजिरी भएको हुनु पर्ने सहायक जिल्ला शिक्षा अधिकारी गणेश अधिकारीले बताए ।

अधिकारीका अनुसार परीक्षा लेख्न वञ्चित विद्यार्थी मध्ये १ सय ६९ छात्र र १ सय ९४ छात्रा रहेका छन् । यसमध्ये धेरै विद्यार्थी हाजिर नपुगेका कारण परीक्षा लेख्न नपाएका उनले बताए ।

यसो त यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा आधा हो । शिक्षा कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष ७ सय १७ जना विद्यार्थी परीक्षाबाट वञ्चित भएका थिए । यसको तुलनामा आधा नै कम्ती रहेको छ ।

यसैगरी, यस वर्षको एसएलसीमा झापाबाट १६ हजार ९ सय ८५ जना विद्यार्थी सहभागी हुने परीक्षा शाखा अधिकृत समेत रहेका सहायक जिशिअ अधिकारीले बताए  । उनका अनुसार नियमिततर्फ १३ हजार ४ सय ९७ रहेका छन्, जसमध्ये छात्र ६ हजार ४ सय ५६ र छात्रा ७ हजार ४१ जना छन् । यसैगरी एक्जाम्टेडतर्फ ३ हजार ४ सय ८२ जना विद्यार्थी छन् । जसमध्ये छात्र १ हजार १ सय ९७ र छात्रा २ हजार २ सय ८५ जना रहेको परीक्षा शाखाका दिनेश आचार्यले बताए ।

यसैगरी यो वर्ष विद्यार्थी संख्याको आधारमा झापामा एउटा परीक्षा केन्द्र थप गरिएको छ । यो सँगै जिल्लाको परीक्षा केन्द्रको सङ्ख्या ५२ पुगेको छ । ५१ वटा परीक्षा केन्द्रमा सञ्चालन गर्दै आएकोमा यो वर्ष स्कुलचौन उमावि गौरादहलाई नयाँ केन्द्रको रुपमा थप गरिएको हो ।
यसैगरी, सरस्वती उमावि दकममा दुई रहेको परीक्षा केन्द्र ‘क’ र ‘ख’ मा सञ्चालन हुँदै आएका थिए । ‘ख’ केन्द्रलाई पशुपति संस्कृत माविमा सारिएको छ । सरस्वतीलाई अब एउटै मात्र केन्द्र मानिने छ ।

यस्तै अघिल्लो वर्ष महेन्द्ररत्न उमावि तोपगाछीमा रहेको केन्द्रलाई हटाइएको छ । यस स्रोत केन्द्रमा रहेका अन्य विद्यालयका अभिभावकले उक्त विद्यालय अपायक पर्ने ठाउँमा रहेको गुनासो गर्दै जिल्ला शिक्षा कार्यालयमा दिइएको निवेदनको आधारमा कमला मदन–आश्रित उमाविमा सारिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए । परीक्षाका लागि ५२ जना केन्द्राध्यक्ष र आवश्यक अनुसार सहायक केन्द्राध्यक्ष निर्धारण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: