४ जना पत्रकारलाई उपचार सहयोग, ‘प्रेस ज्याकेट’ वितरण

  प्रकाशित मिति
८ भाद्र २०७७, सोमबार १७:५८


मेचीनगर । तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट ४ जना पत्रकारले सहयोग पाएका छन् ।

हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन भईरहेको छ ।

कोषको सदस्य बनेका पत्रकारहरु कुनै पनि कारणले बिरामी भई उपचार गर्नु परेको अवस्थामा आर्थिक राहत पुर्याउने मनसायले अभियानको सञ्चालन गरिएको हो ।

कोषमा एकसय जना भन्दाबढी झापाका पत्रकारहरु आवद्ध छन् भने ३ लाख रुपैयाँको अक्षय कोष निर्माण गरिएको छ ।

कोष सञ्चालन समितिको बैठकले धर्मेन्द्र भट्टराई ‘मामा’, पुष्प बराल, प्रेम आचार्य र सुनिरा मैनालीलाई उपचार सहयोग प्रदान गर्ने निर्णय गरिएको उपचार कोषका संयोजक गोपाल काफ्लेले बताए ।

सोमबार उनीहरुलाई साझामञ्चको कार्यालयमा निमन्त्रणा गरी रकम हस्तान्तरण गरिएको थियो ।

पत्रकारहरुका दुई संगठनको एकीकरणका कारण विविध प्रक्रियाहरु पूरा गर्नु परेकाले अस्पतालमा उपचार गरिरहेकै अवस्थामा सहयोग रकम हस्तान्तरण गर्न असमर्थ भएको पनि संयोजक काफ्लेले बताए ।

उपचार कोषका पूर्व संयोजक समेत रहेका भट्टराई पोखरा जानेक्रममा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।

यस्तै बराल र आचार्यको मोटरसाइकल दुर्घटनामा परेर खुट्टा भाँचिएको थियो भने मैनाली भीभीआइपीकोे सुरक्षामा खटिएका प्रहरीको बन्दुक अचानक पड्किएर निस्किएको छर्रा लागेर घाइते भएकी थिइन् ।

उपचार कोषले यसअघि स्वर्गीय मदन ढकाल र मिर्गौलाको समस्या व्यहोरिरहेकी माया पकुवाललाई सहयोग रकम हस्तान्तरण गरेको थियो ।

संयोजक काफ्लेको सभापतित्वमा गरिएको रकम हस्तान्तरण कार्यक्रममा प्रेस संगठनका जिल्ला संयोजक मुक्ति पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

संगठनका नेताहरु तीर्थ सिग्देल, माधव बिद्रोही, नेकपा पार्टीका जिल्ला प्रचार विभाग सहसंयोजक सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष भीमा शिवाकोटी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रदिप परियारले गरेका थिए ।

यसैबीच, प्रेस संगठन झापाले आफ्ना सदस्य पत्रकारहरुका लागि तयार गरेको ‘प्रेस ज्याकेट’ सोमबारदेखि वितरण गर्न सुरु गरिएको छ ।

संगठनका केन्द्रीय सदस्य तीर्थ सिग्देल, जिल्ला संयोजक पौडेल, नेकपा झापाका जिल्ला सदस्य तथा अग्रज पत्रकार माधव बिद्रोही, प्रचार विभाग सहसंयोजक आचार्य, संगठनका प्रदेश सदस्यहरु गोपाल काफ्ले, प्रेम आचार्य लगायतले ‘प्रेस ज्याकेट’ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: