बाढीपीडितलाई कारितासको राहत

  प्रकाशित मिति
२४ श्रावण २०७३, सोमबार २१:०२


?
?

विर्तामोड । भूटानी शरणार्थीहरुको शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था कारितास नेपालले झापाका बाढीपीडित ४ सय ३७ परिवारलाई राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको छ ।

संस्थाले जिल्ला देवी प्रकोप उद्धार समिति, विर्तामोडस्थित विराट सामुदायिक अध्ययन केन्द्र, नेपाल रेडव्रmस सोसाइटीको संयोजन र स्थानीय गाविसहरुको समन्वयमा दुई दिनसम्म सम्बन्धित गाविसमा पुगेर पीडितहरुलाई प्रत्यक्ष रुपमा राहत सामग्री वितरण गरेको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मदन भूजेल, चारआली ब्यारेकका कर्णेल खेमनारायण पौडेल, झापा जिल्ला रेडव्रmस सोसाइटीका सभापति लोकराज ढकाललगायतको सहभागितामा आइतवार र सोमवार राहत सामग्री वितरण गरिएको कारितास नेपालको दमक कार्यालयका वरिष्ठ अधिकृत देवेन्द्र पोखरेलले बताए । उनका अनुसार आइतवार चकचकी, राजगढ, घेरावारी, डाँगीवारी र कनकाई नगरपालिकाअन्तर्गतको घैलाडुब्बाका बाढीपीडितलाई र सोमवार कोरोवारी, कुमरखोद, शरणामती, दुहागढी, गरामनी गाविस र कनकाई नगरपालिकाका बाढीपीडितलाई प्रतिपरिवार १० केजी चामल, ३ केजी मुसुरो दाल, २ केजी चिनी, २ लिटर खानेतेल र २ पोका नुन उपलब्ध गराइएको हो ।

प्राप्त विवरणअनुसार राजगढका १५९, घेराबारीका ८७, चकचकीका ३४, डाँगीबारीका १८, घैलाडुब्बाका ३, विर्तामोडका १, कोरोबारीका १६, कनकाई नगरपालिकाअन्तर्गत सुरुङ्गाका १५, कुमरखोदका ६४, शरणामतीका १८, गरामनीका १३ र दुहागढीका १२ परिवारलाई कारितासले उपलब्ध गराएको प्रतिपरिवार १६ सय रुपैयाँबराबरको खाद्य सामग्री वितरण गरिएको सिटौलाले बताए । सम्बन्धित गाविस तथा रेडव्रmस भवन परिसरमा संक्षिप्त कार्यव्रmम आयोजना गरी नामअनुसार व्यवस्थित रुपमा राहत वितरण गरिएको रेडव्रmसकर्मी चन्द्र मिश्रले बताए ।

साउन पहिलो साता अविरल वर्षापछि विभिन्न खोला तथा नदीहरुमा आएको बाढीका कारण झापामा एकहजारभन्दा बढी परिवार विस्थापित बनेका छन् । ती क्षेत्रमा सयौँ विगाहा धानखेती खोलाले बगाएको छ । झापाको दक्षिणी गाविसहरुका बाढीपीडितहरुलाई यसअघि नै विभिन्न सङ्घ–संस्थाको सहयोगमा जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत सामग्री उपलब्ध गराइसकेको छ ।

ती गाविसहरुमा अन्दुवा, विरिङ, कनकाई, घाग्रालगायतका खोलामा आएको बाढीले क्षति पुर्याएको हो । राजगढमा ५ परिवार पूरै विस्थापित रहेको त्यहाँका सचिव तेजकुमार रेग्मीले जानकारी दिए । घेराबारीका बाढीपीडित सबै १८ परिवार पूर्ण विस्थापित भएका छन् । उनीहरुमध्ये १३ परिवारले पाँच हजार नगद पनि स्थानीय प्रशासनबाट पाएका छन् भने ५ परिवारले त्यो रकम नपाएकोमा गुनासो गरेको गाविस सचिव प्रेम काफ्लले बताए ।

समितिसँगकै समन्वयमा आफूहरुले हालसम्म राहत पाउनबाट बञ्चित पीडितहरुलाई राहत सामग्री उपलब्ध गराएको कारितासका वरिष्ठ अधिकृत पोखरेलले बताए ।
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: