५०० भन्दाबढी भारतीय नागरिक काँकरभिट्टा बसपार्कमा

  प्रकाशित मिति
२० जेष्ठ २०७७, मंगलवार २२:४५



मेचीनगर । भारत जानका लागि पश्चिमदेखि मङ्गलबार काँकरभिट्टा आइपुगेका ५०० जना भन्दाबढी भारतीय नागरिकहरु बसपार्कमा अलपत्र परेर बसेका छन् ।

उनीहरुलाई साँझ नेपाल र भारतीय प्रहरीले काँकरभिट्टा नाकाबाट भारत जान दिएको छैन् ।

यता भारतबाट मेचीपुल आइपुगेका १०० जना नेपाली नागरिकहरुलाई काँकभिट्टा माविको होल्डिङ प्वाइन्टमा राखिएको छ ।

काँकरभिट्टा बसपार्क तथा मेचीपुल आइपुगेका कसैको पनि कोरोना सम्बन्धि चेकजाँच भएको छैन ।

बच्चादेखि बृद्वबृद्वासम्मका मानिसहरु करिव ५३० जना बसपार्कमा नै तन्दाकपडा ओछएर सुतेका छन् ।

प्रहरीले उनीहरुलाई बुधबार विहान ६ वजे भारत पठाउने कुरा बुझिएको छ ।

अहिले राति १० वजे उनीहरुलाई भेट्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेल, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ लगायतका स्थानीय समाजसेवीहरु आएका थिए ।

काँकरभिट्टा सोसाइटीले मङ्गलबार विहान र बेलुका गरेर १२५० जनालाई खाना खुवाएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: