५ सय मुटु रोगीको निःशुल्क उपचार

  प्रकाशित मिति
२० चैत्र २०७२, शनिबार १२:५६


बिर्तामोड । बिर्तामोडस्थित पूर्ण–टुङ बिर्ता सिटी हस्पिटलमा ५ सय मुटु रोगीहरुको निःशुल्क मुटु परीक्षण गरिएको छ । नेपाल रेडव्रmस सोसाइटी उपशाखा बिर्तामोड, वीरता जेसीज र उक्त हस्पिटलले संयुक्त रुपमा आयोजना गरेको दुई दिने शिविरमा ५ सय जनाको मुटु परीक्षण गरिएको हो ।

जसमा निःशुल्क रुपमा २ सय १८ जनाको इसीजी र १ सय ८१ जनाको इको गरिएको रेडव्रmस बिर्तामोडका सभापति तथा वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटीले जानकारी दिए ।

वरिष्ठ मटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर भगवान कोइरालासहित काठमाडौंबाट आएका डा. हेमन्त श्रेष्ठ, डा. रवि बराल, डा. सूर्य पाठक तथा बिर्ता सिटी हस्पिटलका मेडिकल डाइरेक्टर तथा मुटुरोग विशेषज्ञ डा. अनिलकुमार बस्नेतले मुटु रोगीको परीक्षण तथा उपचार गरेका थिए ।

शिविर समापन समारोह हस्पिटलका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको थियो । हस्पिटलको तर्फबाट अध्यक्ष बस्नेत तथा रेडव्रmस र जेसीजको तर्फबाट शिवाकोटीले चिकित्सक टोलसहित सहयोगीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यव्रmमको सञ्चालन रेडव्रmसका सचिव तथा जेसीजका कोषाध्यक्ष एकराज गिरीले गरेका थिए ।

शिविरमा मनमोहन कार्डियो थोरासिस, टिचिङ हस्पिटल काठमाडौं, शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौं र बिर्ता सिटी हस्पिटलमा उपचार गराई रहेका तथा अन्य मुटुका गम्भीर रोगीहरुको उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: