६ जना निको भएर घर फर्किने तयारी

  प्रकाशित मिति
२३ बैशाख २०७७, मंगलवार २१:१०


झापा । विराटनगर स्थित कोभिड अस्पतालमा उपचाररत ६ जना संक्रमित निको भएका छन् ।

उनीहरुको दुई पटक पिसिआर परीक्षण गर्दा पनि ६ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।

उदयपुरमा संक्रमित देखिएका २८ जनामध्ये ६ जना निको भएका हुन् ।

उनीहरुलाई बुधबार विहान डिस्चार्ज गर्ने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।

तीसहित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २२ पुगेको छ ।

यसअघि १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । १६ मध्ये दुई जनालाई ज्वरो आएर फेरि अस्पतालमा भर्ना गरिएको छ ।

नेपालमा हालसम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: