६ महिनालाई पूग्ने खाद्यान्न स्टक ः उपप्रमुख उप्रेती

  प्रकाशित मिति
३ जेष्ठ २०७७, शनिबार १३:५९


मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले आफ्ना नगरबासीलाई ६ महिनालाई पूग्ने खाद्यान्न स्टक रहेको बताएकी छन् ।

शुक्रबार मेचीनगरपालिकामा आयोजना गरिएको पत्रकार भेटघाटमा उपप्रमुख उप्रेतीले यस्तो कुरा बताएकी हुन् ।

कोहि भोकै नहुन्, कसैको घरको चुल्हो ननिभोस् भन्ने उद्देश्यले नगरबासीलाई ६ महिना पूग्ने खाद्यान्न स्टक रहेको उपप्रमुख उप्रेतीको दावी छ ।

मेचीनगरपालिकाले हालसम्म ७ हजार ७ सय १९ जना अति विपन्न नगरबासीलाई राहत बाडिसकेको जनाएको छ ।

त्यस्तै वडा र फुड बैँकमार्फत पनि राहत वितरण भइरहेको बताइएको छ ।

१५ वटै वडामा थप ४÷४ लाख रुपैयाँको वजेट राहतका लागि थप गरिएको उनले बताइन् ।

शुक्रबारै यातायात, होटल, पर्यटन र लोड–अनलोड गर्ने मजदुरका १ हजार परिवारलाई १० केजीका दरले चामल वितरण गरिएको उपप्रमुख उप्रेतीको भनाई छ ।

नाकाबाट भित्रिएका मालबाहक गाडीको सेनिटाइज गरिने तथा चालक र सहचालकहरुको आरडीटी टेष्ट गरिने समेत उनले बताइन् ।

मेची भन्सार कार्यालय परिसरमा आएका गाडीहरु राति कुदाउन नपाइने, साँझ ६ वजेसम्म बाहिर पठाइसक्नु पर्ने, मेचीनगरका बजारमा चालक दल र गाडी होल्ड गर्न नपाइने, खाना र बस्न गाडी भित्रै गर्नु पर्ने लगायतका सुझाव भन्सार कार्यालयलाई दिइएको नगरपालिकाले जनाएको छ ।

नेपालको अर्थतन्त्र बचाउन पनि यो नाका खोल्न आवश्यक रहेको बताइएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार पनि मासिक घाटा करिव एक अर्व रहेको छ ।

सिमेन्ट, खाद्यान्न लगायतका उद्योग तथा व्यापार व्यवसायमा कालोबजारी भएको भन्ने चौतर्फी रुपमा गुनासो नगरबासीबाट आएकोले अनुगमनका क्रममा त्यस्तो भेटिए तत्काल कारवाही गरिने उप्रेतीको भनाई छ ।

उद्योगीले आफ्ना मजदुरलाई होम क्वारेन्टाइनमा राखि, सामाजिक दुरी कायम गराएर काममा लगाउनु पर्ने र मजदुरलाई परिचयपत्रको व्यवस्था उद्योगीले गर्नु पर्नेछ ।

त्यस्तै सवारी साधानको दुरुपयोग नगर्न सबैलाई नगरपालिकाले अनुरोध समेत गरेको छ । काहिँ कतै दुरुपयोग गरेको भेटिए कारवाही हुने उनको भनाई छ ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले हालसम्म भारत तथा तेस्रो मुलुकबाट काँकरभिट्टा नाकाबाट आएका ९३ हजार ५४ जनाको ज्वरो र स्किनिङ् गरिएको बताए ।

उनका अनुसार पश्चिमबाट मेचीनगरमा आएका १ हजार ३ सय ३८ जनाको चारआलीमा चेकजाँच गरिएको छ ।

विदेशबाट आएका, होम क्वारेन्टाइन तथा क्वारेन्टाइनमा बसेका मेचीनगरका २१२ जनाको आरडीटी टेष्ट गरिएको छ ।

त्यसैगरी ५६ जनाको पीसीआर टेष्ट गरिएको मध्ये ३० जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख आचार्यले जानकारी दिए ।
२६ जनाको पीसीआरको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य चेकजाँचका क्रममा मेचीनगर वडा नम्बर ५ का १ जनामा मलेरिया रोग लागेको भेटिएको छ ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: