८१ जनाद्वारा रक्तदान

  प्रकाशित मिति
२५ जेष्ठ २०७७, आईतवार १७:२९


मेचीनगर । लकडाउनका कारण रक्त सञ्चार केन्द्रमा रगत अभाव भइरहेको समयमा दुहागढीमा आइतबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखा र युवा रेडक्रस सर्कलको संयूक्त आयोजना तथा दुहागढी युवा समुहको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा वडा कार्यलयमा सम्पन्न कार्यक्रममा ५ महिलासहित ८१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको सम्पूर्ण खर्च आफ्नो प्रथम वैबाहिक बर्ष गाँठको अवसरमा स्थानीय रुस्मा मैनाली काफले र सुमित काफलेले उपशाखालाई सहयोग गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखाका सभापति गोपिराज मैनालीको सभापतित्व तथा रेडक्रस भापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर–१४का वडा अध्यक्ष शंकरप्रसाद पोखरेल, कार्यपालिका सदस्य बिन्दा प्रसाई, उपशाखा सचिव कृष्णकुमारी सुबेदीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: