९ दिनमा ९ हजारलाई निःशुल्क खाना

  प्रकाशित मिति
२४ जेष्ठ २०७७, शनिबार १६:००


मेचीनगर । काँकरभिट्टा सोसाईटीले ९ दिनमा ९ हजार मानिसलाई निःशुल्क खाना खुवाएको छ ।

नेपाल–भारतबाट सीमा नाका काँकरभिट्टामा आइपुगेका नागरिकहरुलाई जेठ १६ गतेदेखि शनिबार दिउसो सम्ममा ९ हजार जना मानिसलाई खाना खुवाएको सोसाईटीका सदस्य राजु कार्कीले बताए ।

सोसाईटीका सदस्य, सहयोगी दाताहरुबाट खाद्य सामग्री तथा नगद चन्दा उठाएर काँकरभिट्टामा अलपत्र परेका नागरिकहरुलाई खाना खुवाइएको उनले बताए ।

काँकरभिट्टा सोसाईटीले बसपार्क, मेचीपुल र पारी पट्टीका अलपत्र परेका मानिसहरुलाई विहान र बेलुका खाना खुवाएको सोसाईटीका अर्का सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

सोसाईटीका गोपाल तामाङ, राजु कार्की, दिपक पोखरेल, शुशिल आचार्य, सुरेशकुमार श्रेष्ठ, राजकुमार पराजुली, शुभद्रा भट्टराई, नेत्र कार्की लगायतका सदस्यहरु दिनरात खटिरहेका छन् ।

।। अर्जुन कार्की ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: