मेचीनगरमा एमालेले खाता खोल्यो

  प्रकाशित मिति
१७ असार २०७४, शनिबार ०९:११


pasang

मेचीनगर । स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार झापाको मेचीनगर–१ को वडाध्यक्षमा नेकपा एमालेका पासाङ तामाङ विजयी भएका छन् । ।

तामाङले १ हजार २१३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण सुवेदीले १ हजार १९ मत प्राप्त गरेका छन् ।

झापाको सबैभन्दा ठूलो स्थानीय तह मेचीनगरमा १५ वटा वडा रहेका छन् । ती मध्ये भर्खरै मात्र वडा नम्बर १ को परिणाम आएको हो ।
प्रमुख पदमा मेचीनगरमा नेपाली काङ्ग्रेसको अग्रता रहेको छ । प्रमुख पदका प्रत्यासी नेपाली कांग्रेसका विमल आचार्यको २०२३ मत छ भने नेकपा एमालेका विष्णु प्रसाईको २०१८ मत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: