‘ब्याक’ होलान् लिङ्देन ?

  प्रकाशित मिति
१३ कार्तिक २०७४, सोमबार १०:३५


lingden 1मेचीनगर । नेपाली काङ्ग्रेसले अन्ततः कृष्णप्रसाद सिटौलालाई नै झापा क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेद्वार बनाउने निर्णय गरेपछि राप्रपासँगको गठबन्धन अब के होला ?

आइतवार काठमाडौँमा काङ्ग्रेस शीर्ष नेताहरुले सिटौलाको नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्षतर्फ सोही क्षेत्रमा उम्मेद्वार बनाउने निर्णय गरेपछि यस्तो प्रश्न उब्जिएको छ ।

अब काङ्ग्रेसले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सो क्षेत्रबाट व्याक गराएर अरु नै क्षेत्र रोज्न आग्रह गर्ने सम्भावना छ ।

आसन्न चुनावमा काङ्ग्रेस र राप्रपा चुनावी तगठबन्धनमा बाँधिएका छन् । तर राप्रपाले झापा क्षेत्र नं. ३ लाई बटमलाइन बनाएपछि यस अघि काङ्ग्रेसले सिटौलालाई व्याक गराएको थियो ।

राप्रपाले पनि लिङ्देनलाई सोही क्षेत्रको उम्मेद्वार घोषणा गरिसकेको छ । उनी भोट माग्न मतदातासमक्ष पुग्न थालिसकेका छन् । यस्तो घडीमा व्याक हुन लिङ्देनलाई असजिलो छ ।

राप्रपा र काङ्ग्रेस दुबै यो विवादलाई सहमतिमा टुङ्ग्याउनु पर्ने अर्थात यसैका कारण गठबन्धन भत्किन नदिने पक्षमा रहेका छन् । तसर्थ, अबको सहज विकल्प भनेको लिङ्देनलाई व्याक गराउनु नै हो ।

काङ्ग्रेसले लिङ्देनलाई झापा क्षेत्र नं. २ र ५ जहाँ रोजे पनि दिने प्रस्ताव अघि सार्ने सम्भावना छ ।

२ नं. क्षेत्रमा सिटौला निकट पार्टी सभापति उद्धव थापालाई समानुपातिकमा राखेर प्रत्यक्षबाट व्याक गराउन सजिलो हुने र क्षेत्र नंं ५ उम्मेद्वार बन्न नै कोही नमानिरहेको अवस्थामा लिङ्देन जाँदा सहज हुने काङ्ग्रेस पक्षधरहरुको विश्लेषण छ ।

तर लिङ्देनलाई झापा क्षेत्र नं १ दिएर त्यहाँका लोकप्रिय उम्मेद्वार विश्वप्रकाश शर्मालाई क्षेत्र नंंं ५ मा एमालेका अध्यक्ष केपी ओलीसँग भिडाउन पठाउन सकिने विकल्प बारेमा पनि काङ्ग्रेसभित्र चर्चा हुन थालिसकेको छ ।

यदि लिङ्देन अरु क्षेत्रमा जान चाहेनन् भने समानुपातिक सूचीमा राख्ने समेत राप्रपाले विकल्प अपनाउन सक्ने देखिएको छ । यसको अन्तिम छिनोफानो मङ्गलवारसम्ममा भइसक्ने छ ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: