कारागार अब नसर्ने, कलबलगुरीको प्रशिक्षण केन्द्र प्रदेश सरकार मातहत

  प्रकाशित मिति
६ पुष २०७७, सोमबार २१:५७


भद्रपुर, ६ पुस । पालिकाहरुको जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम दिनका लागि चन्द्रगढीस्थित प्रशिक्षण केन्द्रलाई अब प्रदेश सरकार मातहत लगिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत रहनेगरी सञ्चालन हुने सो प्रदेश प्रशिक्षण केन्द्रको आज मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

उनले प्रशिक्षण केन्द्रको संरचना र जग्गालाई सदुपयोग गरिने बताउँदै संघीय सरकारको नियन्त्रणमा रहेका महत्वपूर्ण कार्यालय र संरचनाहरु प्रदेश मातहत ल्याउन थालिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रम केन्द्रका निर्देशक गणेश तिम्सिनाको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा प्रदेश सांसद् बसन्त बानियाँ, जिसस प्रमुख सोमनाथ पोर्तेल, भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका सचिव दिनेशचन्द्र भट्टराईलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

पञ्चायती व्यवस्था सुरु भएपछि पञ्चहरुलाई तालिम दिन २०१९ सालमा कलबलगुरी प्रशिक्षण केन्द्रको स्थापना भएको इतिहास देखिन्छ ।

त्यसपछि २०३१ सालमा यसको नाम पञ्चायत प्रशिक्षण केन्द्र र २०४७ सालमा ग्रामीण प्रशिक्षण केन्द्र राखिएको थियो । अब यसको नयाँ नाम प्रदेश प्रशिक्षण केन्द्र राखिएको छ ।

संघीय सरकारमातहत रहेको यसलाई प्रदेश मातहत ल्याउने निर्णय गत वर्षको फागुनमै भएको थियो । तर यही असोज १८ गते मात्र प्रदेश सरकारले सञ्चालन गर्ने सम्बन्धी कानुन राजपत्रमा प्रकाशित भएको हो ।

प्रशिक्षण केन्द्रमा दर्जनौं भवन र करीव ५५० बिगाहा जग्गा रहेको छ । चन्द्रगढी विमानस्थललाई विस्तार गरिदा झापा कारागार सारिनु पर्ने भएमा यही सार्ने सरकारी योजना थियो ।

तर विमानस्थलको विस्तारसम्बन्धी गुरुयोजनामा स्थानीयले विवाद गरेपछि हाललाई कारागार नसर्ने बुझिएको छ । कलबलगुरीमा कारागार सार्ने योजना समेत अघि नबढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: