कुनै धाराले छेक्दैन नयाँ सरकारलाई

  प्रकाशित मिति
१ पुष २०७४, शनिबार १०:०२


मेचीनगर । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई त्यसको परिणाम समेत आइसकेको अवस्थामा संवैधानिक रुपमा नयाँ सरकार गठन गर्न कुनै बाधा नहुने देखिएको छ ।

नयाँ सरकार गठनका बिषयमा दलहरु बिच बिवाद चलिरहेका बेला संवैधानिक ब्यवस्था प्रति दलका नेतृत्वले बेवास्ता गरेको देखियो ।  नेपालको संविधानको भाग ७ मा भएको सङ्घीय कार्यपालिका गठन सम्बन्धीको ब्यवस्थामा राष्ट्रिय सभा बेगरै सरकार गठन हुनसक्ने लेखिएको छ । मन्त्रीपरिषद गठनका लागि राष्ट्रिय सभाको कुनै भूमिका हुन्छ कि हुँदैन भनेर दलहरु बिबाद गरिरहेका छन् ।

संविधानको धारा ७६ को उपधारा ८ मा भएको ब्यवस्था अनुसार प्रतिनिधि सभाको निर्वाचन भएको मितिले ३५ दिन भित्र नयाँ प्रधानमन्त्री चयन गरिसक्नु पर्नेछ । उक्त धारामा भनिएको छ–‘यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको मितिले पैतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।’  संविधानका अन्य कुनै धाराले पनि प्रधानमन्त्री चयन वा मन्त्री परिषद गठनका लागि राष्ट्रिय सभाको भूमिका उल्लेख गरिएको छैन ।

संविधानको मर्म अनुसार नयाँ जनादेश प्राप्त संसदले पहिले बहुमत प्राप्त दलहरु मिलेर प्रधानमन्त्री चयन गरी मन्त्री परिषद गठन गर्ने र राष्ट्रिय सभाको निर्वाचनका लागि नयाँ कानून निर्माण गरी राष्ट्रिय सभा गठन गर्नु पर्ने देखिन्छ ।

तर प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा अड्किएर बसेको राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेशलाई आफ्नो प्रधानमन्त्रीत्व कालको आयुसंग जोडेर हेरिनुले संविधानको मर्मलाई कुल्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: