अध्यक्षमा तीन जनाको उम्मेद्वारी

  प्रकाशित मिति
२२ माघ २०७२, शुक्रबार ०५:३०


sahakari copy

झापा, २२ माघ । सहकारी संस्थाहरुको छाता सङ्गठन जिल्ला सहकारी सङ्घ झापाको चुनावी सरगर्मी बढेको छ । फागुन १ गते हुने सङ्घको निर्वाचनले चार बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

चुनावको मिति नजिकएपछि जिल्लाका सहकारीकर्मी निर्वाचनमा जुटेका छन् । सहकारी अभियानमा ५० बर्षे इतिहास बोकेको सङ्घको माघ २३ गते १९ औं साधारणसभा हुँदैछ । यो साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले जिल्लामा चुनावी गतिविधि बढेको हो । सङ्घको निर्वाचन कार्यव्रmम तालिका प्रकाशित भएपछि उम्मेद्वार बन्ने आकाङ्क्षीहरुको चर्चा सुरु भएको छ ।

सञ्चालक समितिको अध्यक्ष १, उपाध्यक्ष १, महिला उपाध्यक्ष १, सचिव १, सहसचिव १ तथा तीन जना महिला सदस्य र प्रत्येक क्षेत्रबाट १ ÷१ जना गरी ७ सदस्यसहित १५ सदस्यीय पदका लागि निर्वाचन हुन लागेको हो । त्यस्तै लेखा समिति संयोजक १ र महिला सदस्य तथा खुल्लाबाट १÷१ पदका लागि निर्वाचन हुने सङ्घले जनाएको छ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष हरिचरण बानियाँ पुनः दोहोर्याउने मनसायमा छन् । उनले नयाँ नेतृत्व सर्वसम्मत प्रव्रिmयाबाट चयन हुने दाबी गरे । त्यसका लागि छलफल प्रव्रिmया अघि बढाइएको उनले बताए ।

बानियाँले यसअघि उपाध्यक्ष तथा लेखा समिति संयोजकको भूमिका कुशलतापूर्वक निभाइसकेका छन् । बानियाँ सहकारी आन्दोलनका अगुवा मानिन्छन् । त्यस्तै वर्तमान सचिव गणेश ढकालले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी दिने पक्का भएको छ । ‘मेरो उम्मेद्वारी अध्यक्षमा पक्कापक्की हो’ लोकतन्त्र पोस्टसँगको कुराकानीमा भने –‘सबैको सुभेच्छा छ, तपाई अगाडि बढ्नुहोस् त्यसैले पछि हट्ने सम्भावना छैन ।’
लामो समयदेखि सहकारी क्षेत्रमा काम गरेकाले अधुरा योजना पूरा गर्न आफ्नो उम्मेद्वारी रहने उनले प्रतिव्रिmया दिए । सङ्घका वर्तमान उपाध्यक्ष बलराम गजुरेलले पनि अध्यक्ष पदमा उठ्ने इच्छा व्यक्त गरेको बुझिएको छ ।
त्यस्तै उपाध्यक्ष पदका लागि महेन्द्रकुमार गिरी र होमबहादुर थापाको नाम चर्चामा छ । गिरी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपानेका कार्यकारी प्रमुख हुन् । जिल्लामा परिचित संस्था भएकाले पनि गिरीको जित सुनिश्चित हुने सहकारी अभियन्ता बताउँछन् ।
महिला उपाध्यक्ष पदका लागि पम्फा सुवेदी तथा गीता कुँवरको नाम चर्चामा रहेको छ ।

सचिवमा युवराज ढकाल र कृष्ण मिश्रले दाबेदारी प्रस्तुत गर्ने भएका छन् । ढकाल सङ्घको वर्तमान सहसचिव हुन् । सहकारी क्षेत्रमा उनी निक्कै परिचित पनि छन् । सहकारी अभियानलाई निश्चित गन्तव्यमा पुर्याउनका लागि आफ्नो उम्मेद्वारी आवश्यक रहेको उनले बताए ।
सचिव पदका अर्का दाबेदार मिश्र सहकारीसँगै सञ्चार क्षेत्रमा व्रिmयाशील छन् । सहसचिव पदका लागि भानु दङ्गालले उम्मेद्वारी दिने घोषणा गरेका छन् । दङ्गालले चार वटा योजना अघि सार्दै आफ्नो उम्मेद्वारी सुनिश्चित गरेका हुन् । सङ्घलाई प्रविधियुक्त बनाउने, पुरानो संस्कार र संस्कृतिलाई विस्थापन गर्दै उच्च प्रविधियुक्त ढङ्गले सहकारी संस्था सञ्चालन गर्नका लागि आफ्नो भूमिका रहने दङ्गालको प्रतिव्रिmया छ ।

त्यस्तै लेखा समिति संयोजकमा डिल्ली दाहालले उम्मेद्वारी दिने बुझिएको छ । सङ्घमा जिल्लाका ४ सय १७ सहकारी संस्था प्रतिनिधि छन् । त्यसमा एमाले निकट करिब २ सय ८२, एमाओवादीका ७०, काङ्ग्रेसका ५० तथा राप्रपा नेपाललगायत अन्य गरी १५ जना प्रतिनिधि रहेको स्रोतको दावी छ । एमाले निकट प्रतिनिधिको पल्लाभारी देखिए पनि धेरैजसो पदमा सोही पार्टी निकटका उम्मेद्वारीबीच प्रतिष्पर्धा हुने निश्चित छ ।

सञ्चालक समितिको विभिन्न पदमा उठ्ने आकाङ्क्षी बढेपछि सर्वसम्मत प्रव्रिmयाबाट नेतृत्व चयन हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ ।

सङ्घको साधारणसभाको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् पूर्व गभर्नर डा. युवराज खतिवडाले गर्ने कार्यव्रmम छ । सोही अवसरमा स्वर्ण स्तम्भ अनावरण गरिने सङ्घले जनाएको छ ।

सङ्घको चारपानेस्थित आफ्नै जग्गा परिसरमा साधारणसभा हुन लागेको हो । प्रशिक्षण हलसहितको सुविधा सम्पन्न भवन निर्माण गर्न सङ्घले योजना अघि सारेको सहसचिव युवराज ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: