धेरै समयको अन्तरालपछि साहित्यिक माहोलमा जमघट गराइदियो धरमपुर साहित्य प्रतिष्ठानले पुस १५ गते झिलझिले झापामा । म समयको निकै अन्तरालमा झापाको त्यो कार्यव्रmममा सामेल भएको थिएँ र आयोजक साथीहरूको विशेष आग्रहमा म त्यहाँ उपस्थित बनेँ । सबैको जिज्ञासा म माथि थियो । किनकि झापाको साहित्यिक गतिविधिमा धेरै सव्रिmय भएर धेरै निस्व्रिmय जस्तो देखिएको छु आजकल ।
धेरै साथीहरूको जिज्ञासाको उत्तर दिएँ । म नदेखिए पनि नहराएको सूचना दिएँ । त्यही कार्यव्रmममा टेलिभिजनका पत्रकार मित्रले उभ्याए–‘वर्तमान समयको विमर्श’को लागि । मैले मधेशका बारेमा आफ्नो धारणा राखेँ र सुझाव दिएँ । सरकारलाई त्यो कस्तो भयो मैले खोजिन फेरि । तर, टेलिभिजनका ती पत्रकार मित्रले आफूले खोजेको कुरा पाएको भन्दै बधाई पनि दिए ।
मलाई त्यहाँ अर्को एक गहन विषयमा बोल्ने अवसर प्रदान गरियो । नेपाली साहित्यको आकाशमा लेखन र साहित्यको नयाँ विधाको प्रस्ताव ‘तप्कना’ साहित्य र त्यसको आधारमा रचना गरिएको याकुहाँङ मेरिङको तप्कना साहित्य सङ्ग्रह ‘मौषम’ को वारे । यो विधाको बारेमा म आफैं नयाँ भए पनि आफ्नै लागि अध्ययनको एउटा विषय तयार भएको महसुस भयो । मुख्यतः प्रवासी साहित्यकारहरूबाट धेरै लेखिने र यसको प्रस्ताव पनि प्रवासबाटै आएको हुनाले यसले एउटा फरक शैली र बहस पैदा गरेको छ भने स्वदेशमा रहेर लेखिरहेका लेखक श्रष्टाहरूलाई प्रवासमा रहेका साहित्यकारहरूको लेखन वौद्धिकता र सिर्जनशीलताप्रति दोहो¥याउने प्रयत्न समेत यसमा देखिएको मैले पाएँ ।
उपेक्षाको विरुद्धमा—सम्मान
वौद्धिक सिर्जनको पक्षमा—प्रवास
आजको प्रवासी साहित्यकारहरूको मान्यता पनि यही हो भन्ने मनोवैज्ञानिक पक्ष पनि देखेँ मैले त्यो कार्यव्रmममा ।
यसरी मैले नेपाली साहित्यको नयाँ विधाकै प्रस्ताव बोकेर आएका हिम्मतिला साथीहरूका रचना, सिर्जनामा आफ्ना धारणाहरू राख्ने एउटा अवसरको बीचमा मलाई अत्यन्त शालीन स्वभावको होचो कदको गम्भीर खालको एउटा भाइले ‘बुकी’ गजल सङ्ग्रह हातमा थमाइदियो र अभिवादन ग¥यो । मैले त्यति राम्रो चिनेको थिएन उनीलाई । तर, मलाई एउटै कुरा स्रष्टाहरूको पीडाको विषय लाग्ने गर्छ त्यो के हो भने धेरै ऋण गरेर महँगो किताब छाप्ने र हरेक कार्यव्रmममा आउने स्रष्टालाई सित्तैमा पुस्तक बाँडेर उल्टै नमस्कार गर्नुपर्ने पुरानो चलन कहिले समाप्त होला ।
म यस्तो कुरामा सारै पीडा महसुस गर्ने मान्छे हुँ । म आफुलाई ऋण नै ठान्छु सित्तैमा प्राप्त पुस्तकलाई र केही न केही अध्ययन गर्ने र लेख्ने अनि त्यो ऋणबाट मुक्त हुने गरेको छु आजसम्म । तर, म धेरै स्रष्टाहरूले नयाँ पुस्ताका रचना लगेर त्यत्तिकै छरेको मैले देखेको छु । वहाँहरूबाट ऋण असुल हुन्छ कि हुँदैन मलाई थाहा छैन । किताब छापेकै ऋणमा छटपटिएका लेखकको मनले के ठान्छ होला त्यसबेला भन्ने कुराले अर्को लेखकलाई छोएको हुनुपर्छ भन्ने लाग्छ मलाई ।
यसरी धेरै चौबाटामा उभिएर आफ्नो बाटो पहिल्याउन खोजिरहेको सहरको बटुवा जस्तै बनायो त्यो कार्यव्रmमले मलाई र मेरो बाटो ठम्याउन कर लगायो । सहयोग नै पुर्यायो निहाङ किराँती भाइको गजल सङ्ग्रह ‘बुकी’ ले । मलाई जबरजस्ती समीक्षक बन्न कर लाग्यो जो मेरो रहरको विषय चाहिँ होइन । तथापि मेरो ऋण तिर्ने यो भन्दा अर्को विकल्प पनि छैन । सबैलाई थाहा छ पूर्वाञ्चल साहित्यको उर्वर भूमि हो । यसमा पनि झापाको महानन्द सापकोटाको आफ्नै शक्तिशाली हैसियत छ । साहित्यमा भवानी घिमिरे, गोकुल जोशी, चुडामणि रेग्मीहरूको साहित्यिक योगदानले भिजेको र नकुल काजी, पुण्यप्रसाद खरेल, चन्द्र भण्डारी, डी कौडिन्य, तेजराज खतिवडा, कृष्ण धरावासी, हीरा आकाश, भवानी क्षेत्री, केशव आचार्य, गोपालकुमार बस्नेत, डिकमान विरही आदिको पुस्ताले शक्तिशाली राष्ट्रिय हस्तक्षेपले ठिङ्ग उभिएको जीवन्त नेपाली साहित्यको योगदानमा झापा सतिसाल भएर उभिएको छ ।
यतिमात्र होइन पछिल्लो विकास भएका पुस्तामा विश्वप्रकाश शर्मा, धनकुटे कान्छा, प्रकाश आङ्देम्बे, रश्मिशेखर सुवेदी, टङ्क आचार्य, मुनाराज शेर्मा, विराट किराँती, ज्योतिकिरण, सीता आस्था, दीपक अबिरल, निरज चिन्तित, भुवन आदिम, अनिल गोर्खाली, खगेन्द्र खुशी, मनोज तपस्वी, उज्वल प्रसाई, अनिलदेब राई, बेनामी अज्ञात, सुन्द कुरुप, विवश वलिभद्र कोइराला आदि स्रष्टाहरूको ठूलो समूह र सव्रिmयताले झापाली साहित्यले एउटा लडाकु हस्तक्षेप नै कायम गरिरहने सम्भावनासहितको शक्तिशाली उपस्थिति जनाइरहेको छ ।
झापाली साहित्यमा यही शक्तिशाली दलको कुशल योद्धा बनेर उपस्थित भएको पाएँ मैले भाई निहाङ किराँतीलाई । परिवारदेखि समाजसम्म, विचारदेखि भावनासम्म, देशदेखि विदेशसम्म उच्च धरातलमा उभिएर यथार्थतालाई सर्लक्क गजलमा बुनेर जनताको हातमा पु¥याउने कुशलता भएको शक्तिशाली गजलकार झापाको माटोमा सर्लक्कै बुकी भएर फुलेको रहेछ ‘बुकी’ गजल सङ्ग्रहमा ।
विवशताको जन्जिरमा जल्दै गइन् मेरी आमा,
सम्झनाको आखिरमा बल्दै गइन् मेरी आमा ।
क्यान्सर अनि मधुमेह दुख्ने ठूलो घाउसँगै,
दुब्लो शरीर रुँदै रुँदै गल्दै गइन् मेरी आमा ।
क्यान्सरबाट पीडित आमाको निधनबाट विक्षिप्त बनेको परिवारको पीडा र आमाप्रतिको अगाध स्नेहले भावविभोर भएका किराँतीले परिवार गुमाउने त्यसमा पनि क्यान्सरकै कारण अभिभावक गुमाउने परिवार र क्यान्सर रोगबाट आव्रmान्त बन्दै गएको समाजको दर्दलाई हृदयको करुणाले भत्काइदिएका छन् गजलमार्फत । त्यतिमात्र होइन अधिकारको लागि विद्रोह र उत्पीडित जातिका पक्षमा पहिचानको शक्तिशाली आवाज बोलेका छन् गजलमाः
वल्लो जस्तै माझ किराँत पल्लो लाग्छ घरी घरी,
इतिहासको कथा सुन्दा खल्लो लाग्छ घरी घरी ।
सम्झेँ मैले लाखौँ लाख नश्ल मेरो पूर्खालाई,
पूर्खालाई नै घृणा गर्ने तल्लो लाग्छ घरी घरी ।
अब अर्थ बुझ्नुपर्छ हातले हात काट्छ भने,
उस्तै समान कहाँ छ जातले जात काट्छ भने ।
चेतना र वुद्धि वल लगाउने दिन खोजी,
छलाङ मार्दै बढ्नुपर्छ रातले रात काट्छ भने ।तिमात्र होइन वर्गीय पक्षधरतामा शक्तिशाली उभिएका निहाङ किराँतीले आफ्नो श्रमिक वर्गप्रतिको आस्था र विश्वासलाई ठूलो उचाईमा मापन गरेका छन् । गजलमा उनले श्रमजीवीमाथिको अन्याय विरुद्ध यसरी बोलेका छन्–
श्रमजीवी पौरखको हात खोसिन्छ,
के लाउँ ? के खाउँ ? भन्नेकै भात खोसिन्छ ।
शिल्पी कला मजदुर अनि सोझा जनताको
थकान मेट्ने सपनाको रात खोसिन्छ ।
हाँसो खुशी लुट्ने प्रथा कहाँबाट आयो भन ।
जुनी भाग्य फुट्ने प्रथा कहाँबाट आयो भन ।
गरिबलाई हेला गर्ने धनाड्यको कस्तो चाला ?
धनीमात्र जुट्ने प्रथा कहाँबाट आयो भन ।
त्यतिमात्र होइन उनले वर्तमान देशको परिस्थिति र सरकारको व्यवहारप्रति असन्तुष्टिसहितको तीखो प्रहार गरेका छन् ।
व्रmान्तिसँग वाँच्नुपर्दा आफूभित्र जल्छ नेपाल,
कहीँ बन्द कहीँ जाम यसरी नै चल्छ नेपाल ।
सुस्ताएको अस्ताएको कहिल्यै पनि छैन यहाँ
तर पनि तेसै तेसै आफैँभित्र गल्छ नेपाल ।
यसरी परिवार समाज र देशसँग जोडिएर जनमर्मका अन्तर भावनाहरूलाई यो वा त्यो रुपमा गहकिलो शिल्पी क्षमता सहित गजल सङ्ग्रह बुकीमा अभिव्यक्त गरेका निहाङ किराँतीले आफ्नो युवा उमेरको यौवन र प्रेमिल भावलाई पनि उत्तिकै कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन् । एउटा किराँती ठिटो कुनै तरुनी आँखाहरूलाई आफ्नै आँखामा जुधाएर बोल्न सक्ने हिम्मत पनि राखेको छ । गजल सङ्ग्रह बुकीमा प्रेम र जीवन सिर्जनाको लागि हो भन्ने परिपक्व बुझाई पाइन्छ ।
तिम्रो यादले सताउँदा रुन पाउँ सधैँभरी ।
वेहोशीका यादहरूले छुन पाउँ सधैँभरि ।
सजिएर आयौँ तिमी सजाउँछु यो मनमा
मनभित्र खुशी छर्ने जुन पाउँ सधैैँभरी ।
बर्षायाम जस्तो गरी तिमी झ¥यौ पानी हुँदै ।
रुझ्दा रुझ्दै भिजेपछि खुल्दै गयौ नानी हुँदै ।
सोह्रवर्षे जवानीमा तिम्रो वैश चढेपछि
पोखिएर आयौ तिमी मेरो सामु दानी हँुदै ।
यसरी परिपक्व सिर्जनाको अव्वल लहरमा समय सापेक्ष आफ्नो उपस्थिति जनाउनु स्रष्टाको अनिवार्यता पनि हो भने समाजका अन्तर कुन्तरका असजिला परिवेशलाई खोतलेर राज्यका नियमलाई सचेत गर्नु आफैँमा साहित्यकर्मीको कर्तव्य हो । सबैमा सद्भाव र प्रेम गर्नु समाजलाई सहिष्णुताको बाटोमा डोहो¥याइरहनु पनि हो ।
यसरी सबै कुरामा कुशल देखिएका छन् निहाङ किराँती । गजलमा यिनले पनि भक्तिभाव र श्रृङ्गारिक रसमा मात्र लेखिदै आएको आलङ्कारिक विधा गजलको तीसको दशकदेखि तोडिँदै आएको पुरातन मान्यताहरूलाई साथ दिएका छन् र गजलमा कलात्मक रुपले सूत्रवद्ध गजलका आधारभूत सिद्धान्तमा राँटो नराखी आधुनिक गजलको एउटा प्रमाणित सङ्ग्रह तयार गरेका छन् । यो कठिन र गाह्रो क्षेत्रमा आफुलाई सामेल गराएर आधावाटोमा हराउन नहुने स्रष्टा हुन् भन्ने कुरा यो सङ्ग्रहले पुष्टि गरेको छ ।
समग्रमा गजलको आधुनिकता र पहिचानवादी समयको सिर्जनात्मक खोज पहिचानवादी साहित्य हो भन्ने अर्थमा बुझ्ने हो भने त्यसमा पनि यो सङ्ग्रह सफल छ । अर्कोतर्फ प्रगतिशिल धारा र विद्रोही दृष्टिकोणबाट हेर्ने हो भने यो सर्वहारा वर्गीय मूल्यवोधमा उभिएको, अन्धविश्वास र परम्परावादी रुढ मान्यताको विरुद्ध अग्रगमनकारी समाजको सारलाई आत्मसात गर्ने वस्तुनिष्ट विज्ञानको मानवीय सामाजिक धरातललाई काव्यिक रुपमा रुपान्तरण गर्दै आम अधिकार प्राप्तिका निम्ति विष्फोटित भएका एक प्रगतिशील गजल कृतिको रुपमा समेत दरिन पुगेको छ ।
यो सङ्ग्रह सबै दृष्टिकोणले पठनीय बनेको छ । आधुनिक गजलको अध्ययनको लागि राम्रो सन्दर्भ सामग्री बन्न पुगेको छ । गजलकार भाई निहाङ किराँतीको निरन्तरताको शुभकामनासहित मेरो हार्दिक बधाई !