झापा विद्रोह किन भयो ?
म आफू ०२७ सालदेखि आन्दोलनमा होमिएँ । कतिपय साथीहरु त अघिदेखि नै सङ्गठित हुनुहुन्थ्यो । त्यतिबेला पञ्चायतको निरङ्कुशता निकै नै कडा थियो । अहिले जस्तो प्रजातान्त्रिक थिएन । चेतनास्तर धेरै कम थियो । पार्टी तथा नेताहरुसँग सम्पर्क भइसकेपछि हामीलाई पनि जोश जाँगर चलेर आयो । त्यसबेला हामी पनि केटाकेटी नै थियौँ । हामीमा एकखालको उत्साह जागेर आयो । मलाई पनि नयाँ परिवर्तन ल्याउनु पर्छ भन्ने लाग्यो । त्यसपछि साथीहरुको सम्पर्कमा म परिवर्तनका खातिर सबै कुरा छाडेर आन्दोलनमा होमिएँ । हामीले त्यसबेला परिवर्तनको चाहना गरेका थियौँ । साँच्चैको गणतन्त्र । जनताको जनजीविकाको कुरा गरेका थियौँ । प्रजातान्त्रिक वातावरणको संस्कार सिकाउन लागेका थियौँ । गाँस, बास र कपासका निमित्त त्यस्तो सरकार ल्याउने भनेर लागेका थियौँ । आन्दोलनमा सहभागी हुँदै जाँदा हामीभन्दा आदरणीय पाँचजना साथीहरुलाई सुखानी जङ्गलमा लगेर हत्या गरियो । जुन २०२९ सालको कुरा हो । उहाँहरुलाई मारिसकेपछि कार्यकर्ताहरुमा आव्रmोस बढ्यो । जो(जो साथीहरु सम्पर्कमा आए, सव्रिmयतापूर्वक आन्दोलनमा होमिए । आन्दोलनले उग्ररुप लियो ।
कसरी सुरु भयो झापा विद्रोह ?
त्यो बेला छिटफुट आन्दोलन त जताततै भइरहेका थिए । मोही र जग्गाधनीकै समस्याबाट आन्दोलन सिर्जित हुँदै गएको हो । जमिन्दारले किसानहरुलाई निकै दबाउन खोजे । जमिन्दारहरुको दबाब विरुद्ध किसानहरु असन्तुष्ट हुँदै गए । त्यही बेला जनताको परिवर्तनका लागि कम्युनिस्ट पार्टीले किसानहरुलाई साथ र समर्थन गर्दै गयो । जमिन्दारहरु जो पञ्चायत पक्षपोषक थिए । त्यहीबेला अर्धशिक्षित युवाहरूद्वारा छिमेकी भारतमा चारु मजुमदारको नक्सलबादी आन्दोलन पनि चलिरहेको थियो । त्यही आन्दोलनको प्रभावमा हामीले झापा विद्रोह सुरु गर्यौँ । हामीलाई त्यसबेला उताबाट पनि सहयोग मिलेको थियो । ‘वर्गशत्रु खत्तम’ भन्दै ‘सामन्तका टाउका गिँड्ने’ काम भयो । म लगायत थुप्रै साथीहरु भूमिगत नै थियौँ । साथीहरुको हत्या भएपछि हामीले आन्दोलनलाई अझ उत्कर्षमा पुर्याउने निर्णय गर्यौँ ।
झापा विद्रोहका व्रmममा को–को पव्रmाउ परे ?
एकपछि अर्को गर्दै धमाधम हत्या हुन थालेपछि आत्तिएको सरकारले त्यसपछि व्यापक मात्रामा धरपडक पनि सुरु गयो । सुरु भएको धरपकडबाट ५ सय २५ जना गिरफ्तार भए । प्रजातन्त्र विरोधी सरकारले १० जनालाई १० वर्षभन्दा माथिको कैद सजाय सुनायो । ०२९ कात्तिकमा पक्राउ परेकामध्ये पाँच जनालाई जेल सार्ने निहुँमा सुखानीमा पुर्याएर हत्या गर्यो । सरकारले चलाएको अन्धाधुन्ध धरपकडबाट राजनीतिसँग सरोकारै नभएकाहरू पनि पक्राउ परे, जसले परिवारलाई स्वतः आन्दोलनप्रति सहानभूतिशील बनाइदियो । पक्राउ परेकामध्ये छविलाल राजवंशी, हरिकृष्ण चौधरी, भेत्ला राजवंशी र हेम खड्काको त जेलमै निधन भयो । त्यसैबेला म सहित राधाकृष्ण मैनाली, चन्द्रप्रकाश मैनाली, खड्गप्रसाद ओली, मोहनचन्द्र अधिकारी, नरेश खरेल, दधिराम उप्रेती, खड्गप्रसाद दाहाल, हर्क खड्का, जीवन मगर, डिल्ली शिवाकोटी, डिगेन राजवंशी, गुलुम राजवंशी, रामगुलाम चौधरी, टेकप्रसाद चौधरी, प्रेमप्रसाद उप्रेती, धर्मप्रसाद घिमिरे, खड्गबहादुर थापा, सोम सतार, ईश्वरीप्रसाद सङ्ग्रौलालगायत थुप्रै साथीहरु पव्रmाउ पर्यौँ ।
सँगैका साथीहरु मारिए, तपाईलाई डर लाग्दैन थियो ?
मैले करिब १७ वर्ष जेल सजाय भोगेँ । जीवित त जीवित नै रह्यौँ । तर पनि शीर झुकाएनौँ । जेहोस् बाहिर हाम्रो पार्टी थियो । परिवर्तनका लागि साथीहरु लागि पर्नु भा’छ भन्ने हामीलाई लागेको थियो । जतिजना हामी जेलमा बसेका थियौँ, सबै तगडा साथीहरु अडान राखेर बसेका थियौँ । त्यही भएर मर्न हामीलाई डर थिएन । जेल बाहिर रहेका साथीहरुले आन्दोलनलाई अगाडि बढाइरहनु भएको थियो ।
आन्दोलनले के परिणाम ल्यायो त ?
झापा आन्दोलन परिवर्तन लागि गरिएको एउटा ऐतिहासिक विद्रोह हो । हामी जेलभित्र रहँदाका बेला बाहिर बस्ने साथीहरुले राम्रैसँग काम गर्दा वास्तवमा २०३६ साल आयो । ०४६ साल आयो । ०४६ सालले त अलिकति परिवर्तन ल्यायो । तर, ल्याएको परिवर्तन कसको हातमा जिम्मा लगाए साथीहरुले । परिवर्तनलाई संस्थागत गर्न सकेनन् । परिवर्तनलाई अझ परिमार्जित गरेर लानु पथ्र्यो । तर, त्यसो हुन सकेन ।
जीवनको लामो समय जेल र सङ्घर्षमा बिताउनु भयो, अहिले सन्तुष्ट हुनुहुन्छ ?
कतिपय साथीहरु कसरी धनी हुनु भयो मलाई थाहा छैन । आन्दोलनमा होमिदा कुनै सम्पत्तिको लोभलालच गरिएन र हुँदैनथ्यो । हामी त जनताको मुक्तिका लागि लडेका थियौँ । त्यही भएर सम्पत्तिका पछि म कहिले कुदिन । अहिले पनि म पहिलेकै अवस्थामा छु । मसँग सम्पत्ति पनि छैन । छत साथीहरुले बनाइदिएको एउटा सानो झुपडी । त्यही झुपडीमा बसेर दिन बताइरहेको छु । पार्टी नेतृत्वमा पुगेका कतिपय साथीहरुलाई भेटेर मेरो अवस्थाबारे जानकारी गराएँ । उहाँहरु आउँछु, आउँछु भन्नुहुन्छ । तर, अहिलेसम्म आउनु भएको छैन । ती साथीहरु कसरी धनी भए थाहा छैन । व्यवसाय होला । मेरो त व्यवसाय धन्दा केही पनि छैन ।
सहयोद्धा केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । तपाई के अपेक्षा गर्नुहुन्छ ?
राजनीतिक उपलब्धी त प्राप्त भएको छ । त्यसैको जगमा साथीहरु माथिल्लो तहमा पुग्नु भएको छ । उहाँहरुलाई जनताले नै पुर्याएका हुन् । कार्यकर्ताको बलमा पुगेका हुन् । तर, नेतृत्वमा पुगेका साथीहरु अलिक तल्लो वर्ग, तल्लो तह या भनौँ स्थानीय तहलाई त्यतिसारो चासो नदिएको हो जस्तो लाग्छ । विगतका उपलब्धीलाई कसैले बिर्सनु हुँदैन ।