विद्या भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता

  प्रकाशित मिति
२३ फाल्गुन २०७४, बुधबार ०९:१८


काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा उनले दोस्रो पटक राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

बुधबार दिउँसो संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको  कार्यालयमा गई उम्मेदवारी दर्ता गराएकी हुन् ।

भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र  माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती छन् । समर्थकमा माओवादीका रामबहादुर थापा बादल, एमालेका विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

भण्डारीले उम्मेदवारी दर्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका धेरै  नेताहरु उपस्थित थिए । तर राष्ट्रपति पदमा इच्‍छा राखेका झलनाथ खनाल भने देखिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: