माकुराको तालिम सुरु

  प्रकाशित मिति
७ चैत्र २०७४, बुधबार १८:४४


विर्तामोड । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (माकुरा)को आयोजनमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले गरेका थिए । बुधबारबाट विर्तामोडको होटल कोइनरको सभाहलमा सुरु भएको तालिम ८ दिनसम्म चल्नेछ ।

‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ भन्ने नाराका साथ सुरु भएको तालिममा विर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भोजराज सिटौला, पत्रकार महासंघका उपाध्यक्ष तथा विर्तामोड जेसीजका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेस क्लब मेचीनगरका अध्यक्ष ज्ञानेन्द्र निरौला, प्रदेश टाइम्सका सम्पादक खगेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाका बिभिन्न क्षेत्रमा बिगत लामो समयदेखि जल, जमिन र जंगलसँग सम्बन्धित विवाद समाधान गर्न सफल संस्थाले स्थानीय क्षेत्रमा आएको समस्यालाई समाधान गर्न सजिलो होस् भन्ने उद्देश्यले स्थानीय जनप्रतिनिधिहरु र संघसंस्थाका प्रतिनिधिहरुलाई तालिम प्रदान गरेको हो ।

यसअघि संस्थाले झापाका १५ वटै स्थानीय तहका उपप्रमुख र न्यायिक समितिका सदस्यहरुलाई यो तालिम प्रदान गरिसकेको जनाएको छ ।

चैत्र १४ गते सम्म सञ्चालन हुने तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिमको सहजीकरण संस्थाकी स्रोत व्यक्ति सङ्गीता थापा, उमा थापालगायतले गर्नेछन् ।

स्रोत व्यक्ति सङ्गीता थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मान वहादुर कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: