धुलावारी । धुलावारीबाट चन्द्रगढी जोड्ने सहिद मार्गको कालोपत्रे निर्माण कार्य सुरु भएको छ । मेचीनगरबाट चन्द्रगढी सदरमुकाम जोड्ने बाटोको निर्माण सुरु भएको हो ।
मेचीनगर नगरपालिका वडा नम्बर १० को ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण सुरु भएको उक्त बाटो ९ सय २८ मिटर रहने छ । बाटोको कुल लागत १ करोड रहेको छ ।
गत चैत ६ गते मेचीनगर नगरपालिकासँग स्थानीय उपभोक्ताहरुले आधिकारिक रुपमा सम्झौता गरेपछि निर्माण कार्यलाई अघि बढाइएको हो । जेठ मसान्तसम्मा सम्पन्न गर्ने लक्ष्य लिइएको बाटो निर्माण समितिका अध्यक्ष राजेन्द्र कट्टेलले बताए ।
धुलावारीको शान्तिचोकदेखि धुलावारी क्याम्पस उत्तरसम्म रहेको उक्त बाटो ५ मिटर चौडाई रहने वडा अध्यक्ष सुदय पनेरुले बताए ।
बाटो निर्माणका लागि प्राविधिक सहयोगका रुपमा चन्द्रगढीका हरि घिमिरेलाई जिम्मा दिइएको निर्माण समितिका अध्यक्ष कट्टेलले बताए ।