राष्ट्रपति रनिङ्ग शिल्ड क्षेत्रीय छनोट प्रतियोगिता

  प्रकाशित मिति
२९ चैत्र २०७४, बिहीबार १६:३१


मेचीनगर÷ निर्वाचन क्षेत्रस्तरीय दशौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको ५ नम्बर क्षेत्रीय छनोट बिहीबार सम्पन्न भएको छ ।

कमल गाउँपालिकाको लखनपुरस्थित खेल मैदानमा आयोजित क्षेत्रीय छनोट प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य अर्जुन राईले गरेका थिए ।

प्रतियोगिताको उद्घाटनका अवसरमा प्रमुख अतिथि साँसद् राई, विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, दमक नगर प्रमुख रोमनाथ ओली, गौरादह नगर प्रमुख रोहितकुमार साह, कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस क्रममा क्षेत्र अन्र्तगतका २ नगर र २ गाउँपालिकास्तरीय छनोट प्रतियोगितामा विभिन्न विद्यालयबाट प्रथम र द्धितीय स्थान हाँसिल गर्ने छात्र÷छात्राहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

क्षेत्रीय छनोट प्रतियोगितामा सो क्षेत्रका ७२ वटा संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले विभिन्न खेल विधामा प्रतिष्पर्धा गरेका थिए ।

झापाका ५ वटै निर्वाचन क्षेत्रबाट प्रत्येक खेलमा प्रथम र द्वितीय स्थान हाँसिल गर्ने टिमले यहि वैशाख ४, ५ र ६ गते मेची रङ्गशाला भद्रपुरमा हुने दशौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

सो अवसरमा राखेप प्रशिक्षक कृष्ण बस्नेत, प्रशिक्षकहरु क्रमशः कराँतेका ध्रुव कैलाश सुब्बा, विष्णु नेम्बाङ्ग, हरिमाया राई, बसन्त धिमाल, कुस्तीका वेदनिधी भण्डारी, एथ्लेटिक्सका मेनुका राउत, नर्वदा विष्टलगायतको आतिथ्यता थियो ।

५ नम्बर क्षेत्रीय छनोट प्रतियोगिता संयोजन समितिका संयोजक मोहनकुमार बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका दुर्गा काफ्लेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: