आज विश्व औलो दिवस

  प्रकाशित मिति
१२ बैशाख २०७५, बुधबार १३:१५


काठमाडौं । आज विश्व औलो (मलेरिया) दिवस । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘औलो हटाउन तयार छौ’ नाराका साथ यो दिवस मनाइँदैछ ।

 

‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाच वर्षमुनिका बालबालिका धेरै छन् ।

सन् २०१६ मा मात्र विश्वका करिब ९१ वटा देशका २१६ मिलियन व्यक्ति औलोबाट प्रभावित भएका थिए । करिब ४ लाख ४५ हजार (४४५०००) मानिसको मृत्यु औलो सम्बन्धि रोगका कारण भएको थियो ।

नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५४१ जना प्रभावित बनेका थिए । विशेषगरी, खुला बोर्डरका कारण झण्डै ४५ प्रतिशतको हाराहारीमा भारतबाट भित्रिने यो रोग संक्रमिट लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ ।

यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् ।

संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।

नेपालमा बर्सेनि करिब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम सुरु भएसँगै अप्रिलबाट सुरु हुन्छ । र, जुलाई देखि नोभेम्बर उच्च विन्दुमा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: